- चिरफार डटकम, विराटनगर ६३९ पटक हेरिएको
बुधबार, आश्विन १६, २०८१ समय : १२:३२:५१ , २ महिना अगाडि
बिहीबारदेखि विराटनगरमा चौथो थकाली विराट सडक महोत्सव सुरु हुँदैछ । नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा विराटनगर आउने जोकोहीलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ मञ्जिना मुभिज क्रिएसन प्रा.लि. ले विराट सडक महोत्सवको आयोजना गर्दैछ ।
विराटनगरको हिमालय रोडमा असोज १७ गतेदेखि २३ गतेसम्म सडक महोत्सव सञ्चालनमा रहने छ । मञ्जिना मुभिज क्रिएसनले सडक महोत्सवको बारे जानकारी गराउने उद्देश्यका साथ बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जतिन ताम्राकारले २७ स्टल मार्फत विभिन्न जात जाती र भाषा भाषीको खानाको परिकार बिक्री हुने बताए ।
राष्ट्रिय कलाकारहरूको कार्यक्रममा प्रस्तुती रहने छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिहीबार सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दशैं भाइन्स क्यानोपी र झिलिमिली बत्तीको उज्यालोमा ७ दिने विराट सडक महोत्सव सञ्चालनमा रहने छ ।