चेस्ट बेन्च प्रेस प्रोग्राममा तीन खेलाडी सम्मानित 

  • चिरफार डटकम, विराटनगर ५१५  पटक हेरिएको

आइतबार, आश्विन १३, २०८१ समय : १३:०९:३३ , २ महिना अगाडि

प्रफेक्ट हेल्थ फिटनेस एण्ड जिम खाना विराटनगर–८ ले शनिबार चेस्ट बेन्च प्रेस प्रोग्राममा विजेता तीन खेलाडीलाई नगद सहित सम्मान गरेका छन् । प्रफेक्ट हेल्थ फिटनेस एण्ड जिम खाना विराटनगरले विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसर पारेर चेस्ट बेन्च प्रेस प्रोग्रामको आयोजना गरेका थिए ।

हेब्बी वेट तर्फ पुरुषबाट अभिषेक मरिक प्रथम, विशाल मरिक द्वितीय र गौरी राजवंशीले तृतीय स्थान हासिल गरे । हेब्बी वेट तर्फ महिलाबाट रंजना साहले प्रथम स्थान हासिल गरिन ।

क्लबका संचालक हिरा यादव, कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य मिना यादव र कार्यक्रमका विशिष्ट अतिथि विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलले विजेता खेलाडीलाई नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा हरिनारायण यादव, भानु यादव, चन्द्रानन्द यादव, भोला यादव, रमेश यादव, अधिवक्ता राजकुमार राजवंशी, नारायण यादव सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।