“पवन सुरानालाई मिस्टर लिजेन्डको उपाधि”

  • ब्रह्मदेव यादव, विराटनगर ८२६  पटक हेरिएको

बुधबार, आश्विन ०९, २०८१ समय : १५:३९:०७ , २ महिना अगाडि

ह्यूमैनिटी फाउण्डेशन विराटनगरले राजनैतिक एवं समाजसेवी पवन सुरानालाई मिस्टर लिजेन्डको उपाधि प्रदान गरेको छ । ह्यूमैनिटी फाउण्डेशन विराटनगरका संस्थापक अध्यक्ष एवं यूवा उद्यमी सलिम अन्सारीको अध्यक्षतामा बसेको बैठकले ७औं वार्षिक उत्सवमा राजनैतिक एवं समाजसेवी सुरानालाई मिस्टर लिजेन्डको उपाधिबाट सम्मानित गर्ने निर्णय गरेका हुन् । राजेन्द्र लिङदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका सल्लाहकार विराटनगर–२ निवासी सुराना ४० वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेका छन् ।

लगातार दोस्रो पटक विराटनगर महानगरपालिकाको वडा नं. २ बाट झिनो मतको अन्तरले वडाध्यक्ष पदमा पराजित भएका सुराना निरन्तर राजनैतिक सँगै सामाजिक कार्यमा सक्रिय रहेका छन् । पहिलो पटक स्वतन्त्र उम्मेदवारको रुपमा वडाध्यक्ष पदमा चुनाव लडेका सुरानाले आफु निर्वाचित भएको खण्डमा वडावासीलाई सोलार लाइट उपलब्ध गराउने चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए । चुनाव हारेर पनि सुरानाले मतदातालाई सोलार लाइट वितरण गर्दै वडावासी समक्ष गरेको वाचा पुरा गरेका थिए ।

दोस्रो पटक सुराना राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेर झिनो मतको अन्तरले पराजित भएका थिए । कोभिड–१९ महामारीको बेला जनतालाई राहत उपलब्ध गराउने उद्देश्यका साथ युवा उद्यमी सलिम अन्सारीले ह्यूमैनिटी फाउण्डेशन विराटनगरको स्थापना गरेका थिए । र कोभिड–१९ महामारीको बेला विराटनगर वासीलाई सहयोग गरेका थिए ।

तीनै अन्सारीको ह्यूमैनिटी फाउण्डेशन विराटनगरले मनाउन लागेको ७औं वार्षिकोत्सवमा सुरानालाई मिस्टर लिजेन्डको उपाधिबाट सम्मानित गर्न लागेका हुन् । अन्सार विराटनगरको विभिन्न स्थानमा नर्सरी उद्योग सञ्चालन गरिरहेका छन् ।