- ब्रह्मदेव यादव, विराटनगर ४८४ पटक हेरिएको
सोमबार, भाद्र ३१, २०८१ समय : १४:३५:२४ , २ महिना अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउत कृषि क्षेत्रको उन्नति र विकासका लागि सक्रिय रहेका छन् । राउत निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यको जिम्मेवारी पुरा गरिसकेका छन् । र दोस्रो कार्यकालका लागि कोशी प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालीरहेका छन् ।
राउतले नेपालको उर्वर भूमि कोशी प्रदेशको उत्पादनलाई भारत सहित अन्तर्राष्ट्रिय बजारमा पुर्याएर किसानको आयस्तर वृद्धि गराउने उद्देश्का साथ पछल्लो समय कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । संघिय, प्रदेश र स्थानीय सरकार गरी तीन तहकै सरकार सँग कृषि क्षेत्रको उन्नति र विकासका लागि निरन्तर सम्वाद र छलफल जारी राखेका छन् । ती नै राउतले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नामबाट २०८१ साल भाद्र २७ देखि ३० गतेसम्म मोरङ जिल्लाको कटहरी गाउँपालिकामा कृषि एक्स्पोको आयोजना गर्यो ।
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको कटहरी गाउँपालिका अन्तर्गत कृषि थोक तरकारी बजार केन्द्रमा आयोजना गरिएको कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० भन्दा बढि स्टल रहेका थिए । जसमध्ये भारतको कृषि उपकरणदेखि कृषि उत्पादनका स्टल रहेका थिए । कोशी प्रदेशको पहाडी जिल्ला इलामको दुग्धजन्य पदार्थ घ्यू, नौनी, चिज, पनिर लगायतका सामान पर्याप्त मात्रामा बिक्री भए हिमाली जिल्ला जुम्लाको स्याउ, मार्सी चामलदेखि दालजन्य सामग्री उपभोक्ताले अधिक रुचाए ।
कृषि एक्स्पोमा रहेका १ सय ३० मध्ये ६० प्रतिशत भन्दा बढि कृषि उत्पादनको उद्योगलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराइएको थियो । राउतले कृषि उत्पादनलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ ६० प्रतिशत कृषि उद्योगको उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराएको बताए । ४ दिने कृषि एक्स्पोको १ लाख भन्दा बढि सर्वसाधारण, किसान, कृषि विज्ञ र तीन तहकै सरकारका उच्च पदका कर्मचारीले निःशुल्क रुपमा अवलोकन गरे ।
विराटनगरमा निजी क्षेत्रको छाता संगठनहरुले आयोजना गर्ने गरेको एक्स्पोमा सुरुमै स्टल बुकिङ्ग गर्नेदेखि प्रवेश शुल्क लिने व्यवस्था गर्ने गरेका छन् । तर राउत अध्यक्ष रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको कृषि एक्स्पोमा निःशुल्क स्टल र निःशुल्क प्रवेश शुल्कको व्यवस्थाले सबैको मन जित्न सफल भएका छन् । सबै व्यक्ति उद्योगी बन्न सक्छन् तर उद्योगी जति सबै राजेन्द्र राउत बन्न सक्दैनन् भन्ने कृषि एक्स्पोले सन्देश प्रवाह गरेको छ । यही विषयलाई लिएर निजी क्षेत्र भित्र उद्योगी राउतको चौतफी प्रशंसा भइरहेको छ ।