लक्ष्मी सनराइज बैंकले ग्राहको सम्पत्ति विवरणको कागजात बिक्री गर्न थाले

  • ब्रह्मदेव यादव, विराटनगर ५१७  पटक हेरिएको

आइतबार, भाद्र ३०, २०८१ समय : १३:४५:३७ , २ महिना अगाडि

विराटनगरको लक्ष्मी सनराइज बैंकले ग्राहकको सम्पत्ति विवरणको कागजात बिक्री गर्ने गरेको रहस्य बाहिरिएको छ । विरगंजको लक्ष्मी सनराइज बैंकबाट मोटो रकम ऋण लिइसकेका र फेरी पनि १० करोड रुपैयाँ ऋण लिने स्वीकृति गराउने तयारीमा रहेका रामेश्वर सेढाई क्षेत्री सँग लक्ष्मी सनराइज बैंक विराटनगरले बैंकमा खाता रहेका ग्राहकको सम्पत्ति विवरणको कागजात बिक्री गरेको रहस्य बाहिरिएको छ ।

मोरङ बेलबारी ३ का प्रतापकुमार थापा र प्रभास थापा बुवा छोराले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर लक्ष्मी सनराइज बैंक विराटनगर माथि यस्तो आरोप लगाएको हो । सूचना केन्द्र कमलादी काठमाडौंले केही दिन अगाडि सार्वजनिक गरेको सीआइसी तथ्याङ्क अनुसार रामेश्वर सेढाई क्षेत्रीले लक्ष्मी सनराइज बैंक बिरगंजबाट २०७७ जेठ १४ मा ४८ हजार ८ सय ६७ र २०७७ जेठ १७ मा २६ लाख ७६ हजार ९ सय ६२ रुपैयाँ ऋण लिएको देखिन्छ । जुन कर्जामा प्रभाष थापालाई बैंक ग्यारेन्टी राखेका छन् ।

२०८१ साउन २१ मा सेढाईले ट्रमलोन वापत १० करोड रुपैयाँ निकाल्न खोजेका छन् । जुन कर्जामा प्रभाष थापालाई नै बैंक ग्यारेन्टी राखेका छन् । लक्ष्मी सनराइज बैंक विराटनगरमा मोरङ बेलबारी–३ का प्रतापकुमार थापाको मात्र बैंक खाता रहेको छ । थापाले सन् २०१५ मा गाडी किन्न ऋण लिएका थिए । जुन ऋण लिँदा छोरा प्रभाष थापालाई बैंक ग्यारेन्टी राखेका थिए ।

प्रभाष थापाले बैंकबाट लिएको ऋण चुक्ता गरिसकेका छन् । र बैंकमा राखेको धरौटी, कागजात फिर्ता भइसकेका छन् । यस्तो अवस्थामा लक्ष्मी सनराइज बैंक विराटनगरका कर्मचारीले रामेश्वर सेढाई क्षेत्री सँग मोटो रकम लिएर प्रभाष थापाको सम्पत्ति विवरणको कागजात बिक्री गरेको स्वयम् प्रभाष थापाले बैंक माथि आरोप लगाएका छन् । बैंकका मेनेजर सुदिप रायमाझी समाचारको बारेमा कुरा गर्न चाहनु भएन ।