- ब्रह्मदेव यादव, विराटनगर २८५ पटक हेरिएको
सोमबार, भाद्र २४, २०८१ समय : १६:०२:१२ , २ महिना अगाडि
धानको मूल्य घटेको छ । तर चामलको मूल्य घटेको छैन । एक साता भित्र मोटो सरना धानको मूल्य प्रति क्विन्टलमा ४ सय ५० रुपैयाँले घटेको छ । ४ हजार ५ सय रुपैयाँमा प्रति क्विन्टल मोटो सरना धानको मूल्य कायम रहेको बेला जिरा मन्सुली चामलको मूल्य प्रतिकेजी १ सय २० रुपैयाँ रहेको थियो । तर धानको मूल्य क्विन्टलमा ४ सय ५० रुपैयाँले घटेको भएपनि चामलको बिक्री मूल्य यथावत छ ।
यस बाहेक सुनसरी–मोरङ र विराटनगर–कटहरी औद्योगिक करिडोरमा राइस मिल सञ्चालन गरिरहेका उद्योगका सञ्चालकले लोकल मोटो सरना र रंजित धानबाट उत्पादन भइरहेको चामललाई जिरा मन्सुली चामलमा मिसाएर बिक्री गरिरहेका छन् ।
लोकल मोटो सरना र रंजित धानबाट मोटो चामल उत्पादन हुन्छ । र ती चामल सस्तोमा बिक्री हुन्छ । तर सस्तो चामललाई महंगोमा बिक्री गर्नका लागि लोकल मोटो सरना र रंजित धानलाई जिरा मन्सुली चामल उत्पादन गर्ने धानमै मिसाएर चामल उत्पादन गरेर बिक्री गरिरहेको एक चामल व्यवसायीले बताए । जसको कारण उपभोक्ता मारमा परेको गुनासो बाहिरिएको छ ।