- ब्रह्मदेव यादव, विराटनगर ६८८ पटक हेरिएको
मंगलबार, भाद्र १८, २०८१ समय : १५:२९:५१ , ३ महिना अगाडि
जनता समाजवादी पार्टी नेपालले मंगलबार विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो । जनतासँग–जनता समाजवादी पार्टी नेपाल आधारभुत संगठन निर्माण अभियान अन्तर्गत कोशी प्रदेशको राजधानी विराटनगरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
जनता समाजवादी पार्टी नेपालको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, महासचिव रामकुमार शर्मा, उपमहासचिव रेखा यादव, सचिव सुरेश मण्डल र शैलेन्द्र साह, कार्यकारिणी सदस्य जयराम यादव, केन्द्रिय सदस्य संजय सिंह, डा. के.के. राई, भोगेन्द्र यादव, पन्नालाल मण्डल, गोमा भुषाल, सुरेशप्रसाद सिंह गनगाईं, राजेन्द्रकुमार जबेगु, फुलमाया मोनाङ, हंसाकुमारी साह, हरिगोविन्द यादव, शिवबहादुर बस्नेत, सदिना खातुन, कोशी प्रदेश अध्यक्ष दिपक याक्खा सहभागि थिए ।
जनता समाजवादी पार्टी नेपालले जनतासँग–जनता समाजवादी पार्टी नेपाल ४ महिने संगठन शुद्धिकरण अभियान सञ्चालन गरेका छन् । जनता समाजवादी पार्टी नेपालले ४ महिने संगठन शुद्धिकरण अभियान अन्तर्गत ५ लाख संगठित सदस्य बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । सोही अभियान अन्तर्गत मंगलबार विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार जनता समाजवादी पार्टी नेपालले अभियानको शुभारम्भ गरेको हो ।
कोशी प्रदेशको अन्य २ स्थानमा जनता समाजवादी पार्टी नेपालले अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । जनता समाजवादी पार्टी नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले अभिमुखीकरण कार्यक्रममा कार्यकर्ताहरूलाई स्वागत गर्दै पार्टीको स्थापनाकालदेखि नै पार्टीलाई विभाजन गराउने शक्ति सक्रिय रहेकोले त्यसलाई चिरेर अगाडि बढ्न संगठन शुद्धिकरण अभियान सञ्चालन गरेको बताए ।