शनिबार विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको २७औं वार्षिक साधारण सभा 

  • चिरफार डटकम, विराटनगर ९४२  पटक हेरिएको

मंगलबार, भाद्र १८, २०८१ समय : १५:२१:३५ , ३ महिना अगाडि

भाद्र २२ गते शनिबार विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको २७औं वार्षिक साधारण सभा हुन लागेको छ । विराटनगरको बरगाछी स्थित होटल मनासलु ईनमा हुन लागेको निर्माण व्यवसायी संघ मोरङको २७औं वार्षिक साधारण सभाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्माण व्यवसाय संघ मोरङले निर्माण गरेको तीन तल्ले भवनको शनिबार नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल निर्माण व्यवासयी महासंघ आवद्ध निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरिसकेको निर्माण कार्यको ४० अर्बभन्दा बढि रकम सरकारसँग भुक्तानी लिन बाँकी छ ।

निर्माण व्यवसायी संघ मोरङको २७औं वार्षिक साधारण सभामा ४० अर्ब बाँकी बक्यौता रकम अविलम्ब भुक्तानी दिनु पर्ने व्यवसायीले सरकारसँग माग गर्ने तयारी गरेको छ । सरकारले बजेटको टुंगो नलागेसम्म विकास निर्माण कार्यको ठेक्का नलगाउन संघले सरकारसँग माग गर्नेछ । सरकारले बजेटको टुंगो नलागेपनि टेन्डर आव्हान गरेर विकास निर्माणको काम गराउने गरेका छन् ।

जसका कारण सरकार, निर्माण व्यवसायी र जनताले दुःख पाउने गरेकोले बजेटको टुंगो लागिसकेपछि मात्रै टेन्डर आव्हान गर्न सरकारसँग माग गर्ने निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रले जानकारी दिए ।