- ब्रह्मदेव यादव, विराटनगर ५४५ पटक हेरिएको
शनिबार, भाद्र १५, २०८१ समय : १८:२५:२४ , ३ महिना अगाडि
सुशिल कोइराला फाउण्डेशन विराटनगरले प्रजातान्त्रिक आन्दोलन पक्षधर ५ जना महिलाहरुलाई सम्मान गरेका छन् । संस्कृति जोगार्औं, आत्मियता बढाऔं नाराका साथ सुशिल कोइराला फाउण्डेशनले शनिबार विराटनगरमा आयोजना गरेको दिदी–बहिनी तीज मिलन कार्यक्रममा पाँचैजना महिलालाई सम्मान गरेका छन् ।
सुशिल कोइराला फाउण्डेशनले शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई प्रजातान्त्रिक आन्दोलनको अग्रेणी मोर्चामा रहेर आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्दै सम्मान गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइराला, सुशिल कोइराला, फाउण्डेशनका अध्यक्ष कांग्रेस नेतृ मृदुला कोइराला र सुशिल कोइराला फाउण्डेशनका महासचिव तथा नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले पाँचै जना महिलालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल र भीम पराजुली, सुशिल कोइराला फाउण्डेशनका सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व उपमेयर इन्दिरा कार्कीको कार्यक्रममा सहभागिता रहेको थियो । गायक सुमित खड्का, जुनु गौतम, रामा मण्डलले दिदी–बहिनी तीज कार्यक्रममा तीज सम्बन्धी गीत प्रस्तुत गरेका थिए ।