सौन्दर्य शहर विराटनगरको फूलबारी बगैँचा मासियो

  • ब्रह्मदेव यादव, विराटनगर ५२९  पटक हेरिएको

बुधबार, भाद्र १२, २०८१ समय : १८:३६:१७ , ३ महिना अगाडि

विराटनगरलाई सौन्दर्य शहर बनाउने गरी निर्माण गरिएको फूलबारी बगैँचा मासेर भत्काई दिएका छन् । नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले विराटनगरको बरगाछी चौकदेखि दक्षिण तर्फ मुख्य सडक मागको बिच भागमा डिभाइजरको काम गर्ने गरी फुलबारी बगैँचा निर्माण गरेका थिए । जुन बगैँचामा सयौँ जातका फुल वृक्षारोपण गरेर सी.एन.आई. कोशी फुलबारी बगैँचा नामाकरण गरेका थिए ।

नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे परिसंघको कोशी प्रदेश अध्यक्ष रहेको बेला ३ वर्ष अगाडि धरान विराटनगर सडक खण्डको मूख्य सडक मार्गको बिच भागमा डिभाइजरको काम गर्ने गरी फूलबारी बगैँचा निर्माण गरेका थिए । विराटनगरको निजी क्षेत्रले निर्माण गरेको फुलबारी बगैँचा मंगलबार मासिएर भत्काई दिएका छन् ।

मंगलबार विराटनगरमा निस्केको श्रीराधाकृष्ण रथयात्रामा सहभागि हजारौं उश्रृखंल भक्तजनहरूले जानी जानी सडकको बिच भागमा वृक्षारोपण गरेको फुलबारी बगैँचालाई मासेर भत्काई दिएका छन् ।

नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे श्रीराधाकृष्ण रथयात्रा मंगलबार राती ८ बजे बरगाछी चौकमा आइपुग्दा आफै फूलबारीको संरक्षण गर्न सडकमा उभिएका थिए । तर बाक्लो संख्यामा रथयात्रामा सहभागि रहेका भक्तजनहरूले रथको अगाडि पछाडि गर्ने क्रममा तछाडमछाड गर्दा सी.एन.आई. फूलबारी बगैँचा मासिएर भत्किएको हो । बुधबार चिरफार डटकमसँग कुरा गर्दै घिमिरेले फूलबारी बगैँचा मासिएको देख्दा दुःख लागेको बताए ।