सरकारको गलत अर्थनीतिका कारण दुई व्यवसायीको आत्महत्या

  • ... ५८३  पटक हेरिएको

शुक्रबार, माघ १३, २०७९ समय : १७:००:४० , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

सरकारको गलत अर्थनीतिका कारण विराटनगरबाट उद्योगी तथा व्यवसायी सडक संघर्ष गर्ने निष्कर्ष निकालेको छ । बैंकको ब्याज तिर्न नसकेर काठमाडौंमा आत्महत्या गरेका प्रेम आचार्य र विराटनगरमा आत्महत्या गरेका मोहनप्रसाद न्यौपानेलाई श्रद्धाञ्जली दिन शुक्रबार विराटनगरमा मोरंग व्यापार संघले आयोजना गरेको श्रद्धाञ्जली सभामा विराटनगरका उद्योगीहरु सरकार, अर्थमन्त्री, र नेपाल राष्ट्रिय बैंकले गलत अर्थनीतिको वकालत गरिरहेको आरोप लगाए । स्व. आचार्य र न्यौपानेको सम्पूर्ण ऋण मिनाह र मृक्तकका परिवारलाई राज्यले क्षतिपूर्ति नदिएसम्म उद्योगी तथा व्यवसायीको आन्दोलन जारी रहने संघले उद्घोष गरेको छ ।

संघका अध्यक्ष नविन रिजालले सरकार नीजि बैंकको सम्पत्ती बढाउने कार्यमा लागेको आरोप लगाए । नेपाल राष्ट्रय बैंक र नीजि बैंकको गलत अर्थनीतिका कारण २ व्यवसायीले ज्यान गुमाएकोले उनीहरुको ऋण मिनाहा र परिवारलाई क्षतिपूर्ति नदिएसम्म सरकारका विरुद्ध उद्योगीले आन्दोलन गर्ने रिजालले चेतावनी दिएका छन् ।

सरकारको गलत अर्थनीतिका विरुद्ध अब विराटनगरबाट उद्योगीले सडक आन्दोलन गर्ने र सडक आन्दोलनबाटै नीजि क्षेत्रको माँग सम्बोधन गराएर छाड्ने रिजालले चेतावनी दिए । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका अध्यक्ष भीम घिमिरेले नीजि बैंकले असुली गरिरहेको चर्को बैंक ब्याजदरका विरुद्ध सरकार अगाडी आएर उद्योगीको माँग सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सरकारले उद्योगीको माँग सम्बोधन गर्न आलटाल गरे । अब सडक आन्दोलनबाटै उद्योगी व्यवसायीले आफ्नो माँग सम्बोधन गराएर छाड्ने घिमिरेले बताए । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले समय मै उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल कदमी नलिदा २ व्यवासयी आत्महत्या गरेको बताए ।

देशभरीका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदर तिर्न नसकेर तनावमा रहेकोले सरकारले अविलम्ब उद्योगीको माँग सम्बोधन गर्न अग्रसरता लिनुपर्ने बताए । संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले सरकार, अर्थमन्त्री र नेपाल राष्ट्रय बैंकले अभिलम्ब नीजि बैंकलाई कम्तिमा ६ महिनासम्म ताकेता नगर्न पत्रचार गर्नुपर्ने र यस अवधिमा सरकारले गलत अर्थनीतिलाई सच्याउनुपर्ने धारणा व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा, ताराचन्द खेतान, मोरङ इलेक्ट्रिसंघका अध्यक्ष शंकर पोखरेल र भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सदस्य प्रविण जोशीले सरकारको गलत अर्थनीति र नीजि बैंकको चर्को ब्याजदरको भार खेप्न नसकेर २ व्यवसायीले आत्महत्या गरेको बताए ।

संघका बरिष्ट उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिलकुमार साह, विकासकुमार बेगवानी, महासचिव अनिल सारडा, सचिव संजय श्रेष्ठ, कार्यसमिति सदस्य अमित सारडा, गोपाल अग्रवाल, श्याम राठी, परिसंघका उपाध्यक्ष देवेन्द्र गुप्ता, संगठनका बरिष्ट उपाध्यक्ष प्रदिप मुरारकाको श्रद्धाञ्जली तथा शोकसभामा उपस्थिति रहेको थियो ।

मोरङ व्यापार संघले ६० बर्षको इतिहासमा बैंकको ब्याजदर तिर्न नसकेर आत्महत्या गरेका २ व्यवासयीलाई श्रद्धाञ्जली दिन पहिलो आत्महत्या श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।