श्रीराधाकृष्ण रथयात्रामा सहभागि ५ लाख भक्तजनलाई विराटनगरमा भव्य स्वागत 

  • ब्रह्मदेव यादव, विराटनगर ५२१  पटक हेरिएको

मंगलबार, भाद्र ११, २०८१ समय : १४:४४:३६ , ३ महिना अगाडि

श्रीराधाकृष्ण रथयात्रामा सहभागि ५ लाख भन्दा बढि भक्तजनलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मंगलबार विराटनगरमा ९३औं संस्करणको रथयात्रा निकालेका छन् । विराटनगरका संयौँ संघसस्थाका पदाधिकारीहरूले रथयात्रामा सहभागि भक्तजनलाई खिर, लस्सी, जुस, सर्वत पानी र विभिन्न प्रकारको प्रसादले भव्य स्वागत गरेका छन् ।

गोल ग्रुपले विराटनगरको मेनरोड स्थित अतिथि सदन अगाडि रथयात्रामा सहभागि ५ हजार भन्दा बढि भक्तजनलाई चना र हलुवा प्रसादका रुपमा वितरण गरेका थिए । गोल ग्रुपका सदस्य दिनेश चौरडियाका अनुसार १५ जना सदस्यबाट प्राप्त सहयोग रकमले रथयात्रामा सहभागि भक्तजनलाई चना र हलुवा वितरण गरेको बताए । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले रथयात्रामा सहभागि भक्तजनलाई मेनरोड स्थित तीनपैनी चौक नजिक ४ हजार ५ सय पिस जुस वितरण गरेका छन् । नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवाल नेतृत्वको समूहले दोस्रो कार्यक्रम अन्तर्गत श्रीराधाकृष्ण रथयात्रामा सहभागि ४ हजार ५ सय भक्तजनलाई जुस वितरण गरेका हुन् ।

मञ्चका अध्यक्ष चेतन अग्रवाल, महासचिव अंकुर कनोडिया, सहित मञ्चका पदाधिकारी र सदस्यहरू जुस वितरण समारोहमा सहभागि थिए । मारवाडी युवा मञ्च विराटनगरले रथयात्रामा सहभागि लाखौं भक्तजनलाई प्रसादको रुपमा बुनिया वितरण गरेका छन् । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुको समूहले श्रीराधाकृष्ण रथयात्रामा सहभागि भक्तजनलाई प्रसादको रुपमा बुनिया वितरण गरेको हो । विवेक अग्रवाल सदस्य रहेको राधे राधे समूहले मेनरोड स्थित विराटनगर महानगरपालिका अगाडि श्रीराधाकृष्ण रथयात्रामा सहभागि लाखौं भक्तजनलाई लस्सी वितरण गरेका छन् ।

राधे राधे समूहले ११ सय केजी दहीको लस्सी बनाएर भक्तजनलाई वितरण गरेका थिए । नरसेवा नारायण सेवाले मेनरोड स्थित भूमिप्रशासन चौक नजिक १० हजार भन्दा बढि भक्तजनलाई पुरी तरकारी, बुनियाँ र जलेबी वितरण गरेका छन् । नरसेवा नारायण सेवाका संस्थापक अध्यक्ष पृथ्वी अग्रवाल, उपाध्यक्ष देवकिनन्दन अग्रवाल, श्रीराधाकृष्ण रथयात्रामा सहभागि भक्तजनलाई आफै लाइनमा उभिएर पुरी तरकारी, बुनियाँ र जलेबी वितरण गरेका थिए । यस बाहेक विराटनगरका संयौं सङ्घसंस्थाहरूले श्रीराधाकृष्ण रथत्रामा सहभागि भक्तजनहरूलाई सर्वत पानी र विभिन्न प्रकारको प्रसाद वितरण गरेका थिए ।

श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिले मंगलबार विराटनगरमा निकालेको श्रीराधाकृष्ण रथयात्रामा नेपाल र भारत गरेर ५ लाख भन्दा बढि भक्तजनहरू सहभागि भएका थिए । रथयात्रामा ७५ भन्दा बढि झाँकी सहभागि थिए ।