काठमाडौँ विमानस्थलबाट तस्करीको कपडा बरामद

  • चिरफार डटकम, विराटनगर ६०४  पटक हेरिएको

सोमबार, भाद्र १०, २०८१ समय : १३:३४:०० , ३ महिना अगाडि

राजश्व अनुसन्धान विभागले काठमाडौँ विमानस्थलबाट आइतबार मोटो परिमाणमा तस्करीको कपडा बरामद गरेका छन् । विराटनगरबाट काठमाडौँ उडेको यति एयरलाइन्सबाट तस्करीको कपडा काठमाडौँ पुगेको थियो ।

आइतबार साँझ काठमाडौँ विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरण भइसकेपछि राजश्व अनुसन्धान विभागको टोलीले मोटो परिमाणमा तस्करीको कपडा बरामद गरेका थिए । विराटनगरका कपडा कारोबारी बब्लु अग्रवालको ती कपडा रहेको प्रारम्भिक अनुसन्धानबाट खेलेको छ ।

लामो समयदेखि अग्रवालले यति एयरलाइन्सबाट तस्करीको कपडा काठमाडौँ पुर्‍याएर बिक्री गरिरहेका थिए । यति एयरलाइन्सका कर्मचारीको कपडा तस्करीमा संलग्नता रहेको तथ्य बाहिरिएको छ ।

लामो समयदेखि तस्करीमा संलग्न अग्रवालले आफ्ना नातेदारको नाममा अर्बौं रकम बराबरको सम्पत्ति जोडेका छन् । ती सबै सम्पत्तिबारे राजश्व अनुसन्धानले छानविन गर्नुपर्ने आवाज उठेको छ ।