- ब्रह्मदेव यादव, विराटनगर ५३० पटक हेरिएको
आइतबार, भाद्र ०९, २०८१ समय : १७:२०:५८ , ३ महिना अगाडि
मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले भाद्र १४ देखि १६ गतेसम्म विराटनगरमा नारी उत्सवको आयोजना गर्न लागेको छ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका संयोजक श्रृती शर्माले आइतबार पत्रकार सम्मेलन गरेर विराटनगर–९ रेम्बोमोड स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा नारी उत्सवको आयोजना गर्न लागेको बताइन ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नविन रिजाल, बरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष विकासकुमार बेगवानी र महासचिव संजय श्रेष्ठ पत्रकार सम्मेलनमा सहभागि थिए । १२ देखि १५ लाख रुपैयाँ खर्चेर आयोजना गर्न लागिएको नारी उत्सवमा १५ देखि २० हजार नारीले तीजको समयमा नारी उत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको संयोजक शर्माले बताइन ।
नारी उत्सवमा ४० देखि ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । नारी उत्सव आयोजना स्थल सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कृषि, फुड, लत्ताकपडा र कस्मेटिकका गरी ६० स्टल रहने र ती स्टलबाट तीजको समयमा नारीलाई चाहिने सम्पूर्ण सामग्री बिक्री हुने अध्यक्ष राठीले बताए ।
नारी उत्सवको तीनै दिन बिहान १० बजेदेखि राती ८ बजेसम्म सिटी प्यालेस होटल एण्ड रिसोर्टको स्टलबाट सामान बिक्री हुनेछ । स्टल प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले आयोजना गर्न लागेको नारी उत्सवमा मिस नेपाल वल्ड सुश्री आश्माकुमारी केसी र मिस नेपाल अर्थ सुश्री सुमना केसीको प्रस्तुती रहने छ ।