- ब्रह्मदेव यादव, विराटनगर ७५५ पटक हेरिएको
आइतबार, भाद्र ०९, २०८१ समय : १३:३५:१६ , ३ महिना अगाडि
नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवालको शनिबार पदस्थापन भएको छ । चेतन अग्रवाललाई नेपाल अग्रवाल युवा मञ्च विराटनगरको भाद्र १ गते सम्पन्न १९औं साधारण सभाले २०८१/०८२ का लागि निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेका थिए । नवनिर्वाचित अध्यक्ष चेतन अग्रवालले शनिबार नै रवि अग्रवाललाई उपाध्यक्ष, अंकुर कनोडियालाई महासचिव, सुजल अग्रवाल र गगन तोदीलाई सचिव सहित अग्रवाललाई कोषाध्यक्ष र नमन चिरनियालाई सहकोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
आदित्य अग्रवाल, आकाश अग्रवाल, आयुष अग्रवाल, अजय अग्रवाल, अनिकेत खेतान, विवेक केडिया, सीए दिवाकर अग्रवाल, चिराग अग्रवाल, दिपक खेतान, डा. ललित अग्रवाल, डा. मनिष अग्रवाल, डा. शुभम अग्रवाल, हर्ष तोदी, हिमांसु अग्रवाल, हर्कित अग्रवाल, इसान अग्रवाल, जयस अग्रवाल, जितेन्द्र अग्रवाल, मोहित मंगला, निशान अग्रवाल, नितिन खेतान, पियूष अग्रवाल, पियूष कन्दोई, प्रमोद वंशल र प्रतिक गोयललाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन् ।
श्रवण अग्रवाल, राजेश बगडिया, सीए अश्विनी बंशल, अभिषेक केडिया, राजेश ग्रवाल, प्रमोद जिन्दल, कुमोद गोयल, हेमन्त अग्रवाल, घनश्याम सराफ, विनोद अग्रवाल, अरुण तोदी र अमित सिंगललाई सल्लाहकार मनोनयन गरेका छन् । रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल), नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालले नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवाल सहित पदाधिकारी, सदस्य र सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष देवकिनन्दन अग्रवाल, साहित्यकार लक्ष्मण नेवटिया, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका निवर्तमान अध्यक्ष मनिष अग्रवाल, पूर्व अध्यक्ष अभिषेक केडिया, हेमन्त अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष उमा चौधरीले नवनिर्वाचित पदाधिकारीलाई आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नेपाल अग्रवाल युवा मञ्च विराटनगरले समाजलाई योगदान पुर्याउने सामाजिक व्यक्तित्व प्रेमसुख स्वर्णकारलाई ११ हजार रुपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए । रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका नवनिर्वाचित अध्यक्ष चेतन अग्रवाल, महासचिव अंकुर कनोडिया र निवर्तमान अध्यक्ष मनिष अग्रवालले प्रेमसुख स्वर्णकारलाई नगद सहित सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमु्ख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले १ हजार ६ सय घर धुरीमा ५ हजारभन्दा बढि अग्रवाल समुदायका व्यक्ति विराटनगरमा बसोवास गरिरहेकोले उनीहरूका लागि आफ्नै कार्यालय भवन निर्माणका लागि सक्दो सहयोग गर्ने घोषणा गरेका छन् ।