महेश साह स्वर्णकार सुन चाँदी व्यवसायी महासंघको कोशी प्रदेश सदस्य 

  • चिरफार डटकम, विराटनगर ४५६  पटक हेरिएको

शुक्रबार, भाद्र ०७, २०८१ समय : १८:१८:१६ , ३ महिना अगाडि

विराटनगरका युवा व्यवसायी एवं राजनैतिक व्यक्तित्व महेशकुमार साह स्वर्णकार नेपाल सुन चाँदी व्यवसायी महासंघको कोशी प्रदेश सदस्यमा मनोनयन भएका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्वर्णकारलाई कोशी प्रदेश सदस्यमा मनोनयन गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्य, कोशी प्रदेश अध्यक्ष रमेश रसाइली, कोशी प्रदेश उपाध्यक्ष तथा विराटनगर शाखा अध्यक्ष शशिभूषण साहले स्वर्णकारलाई प्रदेश सदस्यमा मनोनयन गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार नेपाल सुन चाँदी व्यवसायी महासंघ कोशी प्रदेशको कार्यक्रममा प्रमुख अतिथि रहेका थिए । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारदेखि कोशी प्रदेशमा आचार संहिता सम्प्रेषण २०८१ लागू गरेको छ ।