श्रीराधाकृष्ण रथयात्राबारे आयोजक समितिसँग मुख्यमन्त्री कार्कीको छलफल

  • चिरफार डटकम, विराटनगर ४२१  पटक हेरिएको

मंगलबार, भाद्र ०४, २०८१ समय : १२:१९:३९ , ३ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रीराधाकृष्ण रथयात्राको तयारीबारे आयोजक समितिसँग सोमबार छलफल गरेका छन् । मुख्यमन्त्री कार्की भदौं ११ गते विराटनगरमा निकालिने रथयात्राको प्रमुख अतिथि रहेका छन् । भदौं ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी युद्धस्तरमा भइरहेको छ । र भइरहेको तयारीबारे मुख्यमन्त्री कार्कीले आयोजक समितिसँग छलफल गरेको हो ।

सोमबार श्रीराधाकृष्ण मन्दिर पुगेका मुख्यमन्त्री कार्कीले श्रीराधाकृष्ण रथयात्रा बारे भइरहेको तयारीबारे जानकारी लिर्दै कोशी प्रदेश सरकार थप सहयोगका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की लगायतका पदाधिकारी छलफलमा सहभागि थिए ।

श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने गरेको श्रीराधाकृष्ण रथयात्रामा नेपाल र भारतका ५ लाखभन्दा बढि धर्मावलम्बीहरू सहभागिता हुने गरेका छन् । श्रीधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एशियाकै सबैभन्दा ठुलो रथयात्रा हो । विराटनगर–१ पोखरीयाको पानीट्याङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट निकालिने श्रीराधाकृष्ण रथयात्रा नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि पुनः मन्दिरमा आएर विसर्जन हुने गरेका छन् ।