विराटनगर महानगरपालिकामा २३ कर्मचारीको बढुवा

  • ब्रह्मदेव यादव, विराटनगर ४६४  पटक हेरिएको

शुक्रबार, साउन ३२, २०८१ समय : १७:११:५५ , ३ महिना अगाडि

विराटनगर महानगरपालिकाले २३ जना कर्मचारीको बढुवा गरेको छ । १२ जना पाचौँ तहबाट छैटौँ तहमा र ११ जना सातौँ तहबाट आठौँ तहमा बढुवा भएको विराटनगर महानगरपालिकाले जानकारी दिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ५ वर्ष एउटै पदमा बसेर काम गरेका २३ कर्मचारीको अधिकृत स्तरमा बढुवा गरिएको जानकारी दिए ।

प्रकाशकुमार कर्ण, अशोककुमार गुप्ता, उत्तमदेव जोशी, सुमनराज दाहाल, कल्पना खनाल, खगेन्द्रप्रसाद घिमिरे, रामप्रसाद बराल, इन्दिरा कार्की, मोहन विक्रम शाही, डिकनाथ पोखरेल, राजेन्द्र आचार्य र लिनाकुमारी यादवको सहायक स्तर पाचौँ तहबाट अधिकृत स्तरको छैटौँ तहमा बढुवा भएको हो । त्यसै गरी राकेशकुमार ठाकुर, अनिल सिंह, मिस्टर के.सी., गोपाल पोखरेल, संजिवकुमार भट्टराई, कृष्णप्रसाद पोखरेल, खगेधर क्षेत्री काफ्ले, शारदा थपलिया, अनिता न्यौपाने, पृथ्वीकुमारी बस्नेत र पुनमकुमार दाहाल अधिकृत स्तरको सातौँ तहबाट अधिकृत स्तरको आठौँ तहमा बढुवा भएका छन् ।

नेपाल सरकारले सातौँ तहसम्मको कर्मचारीको बढुवा गर्ने अधिकार स्थानीय पालिकालाई दिएको छ । विराटनगर महानगरपालिकाले पाएको अधिकारको सदुपयोग गर्दै २३ जना कर्मचारीलाई बढुवा गरेका छन् । स्थानीय पालिकामा कार्यरत आठौँ तहका कर्मचारीलाई बढुवा गर्ने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ । विराटनगर महानगरपालिकामा बढुवा भएका २३ जना कर्मचारीको तलब सुविधा बढिमा ३ हजार रुपैयाँसम्म वृद्धि हुनेछ ।