भाद्र ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने

  • ब्रह्मदेव यादव, विराटनगर ६३६  पटक हेरिएको

सोमबार, साउन २८, २०८१ समय : १४:५९:०७ , ३ महिना अगाडि

 

२०८१ साल भाद्र ११ गते मंगलबार विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने तयारी थालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने परम्परा छ । भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । भाद्र ११ गते मंगलबार श्रीराधाकृष्ण रथयात्रा निकालिने छ ।

१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा ९३ वर्षमा पुगेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९३औं संस्करणको श्रीराधाकृष्ण रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले कोशी प्रदेश सहित नेपाल र भारतका ५ लाख भन्दा बढि धर्मावलम्बीहरू रथयात्रा सहभागिता जनाउने जानकारी गराएका छन् ।

रथयात्रा आयोजक समितिले भाद्र १ गते शनिबार पत्रकार सम्मेलन आयोजना गरेर रथयात्राको तयारी बारे जानकारी गराउने कार्यक्रम छ । विराटनगरको श्रीराधाकृष्ण रथयात्रा दक्षिण एसियाकै भारतको जगन्नाथपुरी पछि दोस्रो ठुलो रथयात्रा हो । विराटनगर–१, पानीट्याङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट दिनको निकालिने श्रीराधाकृष्ण रथयात्रा नगरक्षेत्रको परिक्रमा पछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ ।