- चिरफार डटकम, विराटनगर १३०५ पटक हेरिएको
शनिबार, साउन १२, २०८१ समय : १७:४६:४८ , ४ महिना अगाडि
युवा उद्यमी राजकुमार अग्रवाल नेपाल अग्रवाल सभा विराटनगरको अध्यक्ष पदमा निर्वाचित भएका छन् । राजकुमार अग्रवाल यस अघि नेपाल अग्रवाल सभा विराटनगरमा उपाध्यक्ष पदमा रहेका थिए । नेपाल अग्रवाल सभा विराटनगरको शनिबार सम्पन्न ३०औं साधारण सभाले राजकुमार अग्रवाललाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेका छन् ।
नेपाल अग्रवाल सभा विराटनगरको साधारण सभाले अध्यक्ष निर्वाचित गर्ने र नवनिर्वाचित अध्यक्षले कार्यसमितिको पदाधिकारी र सदस्य मनोनयन गर्ने व्यवस्था छ ।नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालले विराटनगरमा बसोवास गरिरहेका अग्रवाल समुदायलाई अगाडि बढाउने जिम्मेवारी मेरो काँधमा आइपुगेकोले आफू उत्साहित रहेको बताए ।