महजोडी हिमगिरी सोपको ब्राण्ड एम्बेस्डर

  • ब्रह्ममदेव यादव, विराटनगर ४७२  पटक हेरिएको

शनिबार, साउन ०५, २०८१ समय : १७:५१:२० , ४ महिना अगाडि

हिमगिरी सोपले नेपालका चर्चित हास्यकलाकार महजोडीलाई ब्राण्ड एम्बेस्डर  बनाएको छ । महेश जाजु–प्रकाश मुन्दडा संचालक रहेको मोरङको हिमगिरी सोप उद्योगले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई एक वर्षका लागि ब्राण्ड एम्बेस्डर  बनाएको हो ।

३२ करोडभन्दा बढि रुपैयाँ लगानी रहेको हिमगिरी सोप उद्योगबाट धोनी साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोप, स्याम्पु लगायत एक दर्जन भन्दा बढि सफाइका सामग्री उत्पादन भई रहेका छन् । अबको एक वर्षसम्म मदनकुष्ण श्रेष्ठ र हरिबंश आचार्यले हिमगिरी सोपबाट उत्पादन भई रहेको सामग्रीको प्रचार–प्रसार एवं प्रवर्द्धन गर्नेछन् ।

हिमगिरी सोप उद्योगका अध्यक्ष महेश जाजु र प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले शनिबार विराटनगरमा आयोजना गरेको हिमगिरी उत्सव कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ब्राण्ड एम्बेस्डर सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा उद्योगका संरक्षक बेनिगोपाल मुन्दडा, संचालक आनन्द जाजु, आशिष जाजुबेदान्त जाजुको उपस्थिति रहेको थियो ।

१८ वर्ष अगाडि महेश जाजु र प्रकाश मुन्दडाले मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकामा रहेको हिमालय सोपको रुग्न उद्योगलाई खरिद गरेर हिमगिरी सोप एण्ड केमिकल प्रा.लि. को नामबाट उद्योग संचालन गरी रहेका छन् । पछिल्लो समय उद्योगबाट धोनी साबुन सहित एक दर्जन भन्दा बढि सफाइका सामग्रीहरू उत्पादन भई रहेकोले उद्योगको नाम हिमगिरी हाइजिन राखिएको छ ।