- चिरफार डटकम, विराटनगर ७८४ पटक हेरिएको
बुधबार, साउन ०२, २०८१ समय : १६:०७:०५ , ४ महिना अगाडि
विराटनगरका बरिष्ठ साहित्यकार भैरुदान सुरानाको बुधबार निधन भएको छ । स्व. सुराना ९१ वर्षको हुनुहुन्थ्यो । लामो समयदेखि सुरानाको बिराट टिचिङ अस्पताल टंकीसिनवारीमा उपचार भइरहेको थियो ।
स्व. सुरानाका पवन सुराना, अशोक सुराना र अरुण सुराना गरी तीन छोरा रहेका छन् । जेठा छोरा पवन सुराना लामो समयदेखि राजनैतिकमा सक्रिय रहेका छन् । पवन सुराना राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका सल्लाहकार रहेका छन् ।
कान्छो छोरा अरुण सुराना विराटनगरस्थित अतिथि सदनको उपाध्यक्ष हुनुहुन्छ । स्व. सुरानाको बुधबार साँझ विराटनगरको सिंगियाघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।