- ब्रह्मदेव यादव, विराटनगर ५०७ पटक हेरिएको
आइतबार, आषाढ २३, २०८१ समय : १८:०७:४७ , ५ महिना अगाडि
एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले नेपालमा बसोवास गरिरहेका प्रत्येक नेपाली राजावादी भएको जिकिर गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको आइतबार विराटनगरमा ७८औं जन्मोत्सव मानउदै अध्यक्ष दाहालले नेपालका प्रत्येक नेपाली राजावादी हुन् । जो राजावादी होइन त्यो नेपाली हुन् नसक्ने जिकिर गरेका छन् ।
नेपालको धर्म र संस्कृति बुझ्ने प्रत्येक नेपाली राजावादी हुन् । जो धर्म र संस्कृति बुझ्न सक्दैन त्यो नेपाली हुन् सक्दैन अध्यक्ष दाहालको तर्क छ । पूर्व राजा र पूर्व राजसंस्था फर्काउन दाहाल निरन्तर आन्दोलनरत छ । नेपाल विद्धत परिषदका केन्द्रीय उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक दाहालले पछिल्लो समय एकीकृत राष्ट्रिय संघर्ष समिति २०८० मोरङ गठन गरेर पूर्व राजा र पूर्व राजसंस्था फर्काउने अभियानका साथ आन्दोलनमा होमिएका छन् ।
नेपाल विद्धत परिषदका केन्द्रिय अध्यक्ष जितबहादर अर्जेल र नेपाल सदभावना मञ्चका केन्द्रिय अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री अध्यक्ष बद्रिप्रसाद मण्डल दाहालले जारी राखेको आन्दोलनमा निरन्तर साथ दिई रहेका छन् । आइतबार विराटनगरमा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पूर्व राजा ज्ञानेन्द्र शाहको ७८औं जन्मजयन्ती मनाइ रहँदा अर्जेल र मण्डल एउटै मञ्चमा आसीन थिए । कार्यक्रममा संघर्ष समिति मोरङका बरिष्ठ उपाध्यक्ष दिनेश राउत, उपाध्यक्ष रमा प्रसाईं, बरिष्ठ सचिव पुष्पराज दाहालको सहभागिता रहेको थियो ।