- ब्रह्मदेव यादव, विराटनगर ९७५ पटक हेरिएको
बुधबार, आषाढ १२, २०८१ समय : १४:५०:२९ , ५ महिना अगाडि
विराटनगर प्राइम राउण्ड टेवल–१० ले पूर्व अध्यक्ष स्वर्गिय सुनिल टिब्रेवालको सम्झनामा विराटनगर–८ मधुमारा स्थित महेन्द्र माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण गरिदिएका छन् । महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको तर्फबाट कक्षा ९ र १० मा अध्ययनरत २ सय भन्दा बढि विद्यार्थीहरूका लागि ४ कोठे भवनको आवश्यकता रहेको र सो भवनको कक्षा कोठा निर्माण गरिदिन आएको आग्रहलाई सहज रुपमा स्वीकार गरेर विराटनगर प्राइम राउण्ड टेवल–१० ले ४५ लाख भन्दा बढि रकम खर्च गरेर भवन निर्माण गरिदिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विराटनगर प्राइम राउण्ड टेवल–१० का पूर्व अध्यक्ष स्व. सुनिल टिब्रेवाल आमा किरण देवी टिब्रेवालले प्रमुख अतिथिको रुपमा बुधबार नवनिर्मित ४ कोठे विद्यालय भवनको उद्घाटन गरेको हो । विद्यालय व्यवस्थापन समितिलाई नवनिर्वित भवन हस्तान्तरण गरिएको छ ।
विराटनगर प्राइम राउण्ड टेवल–१० का अध्यक्ष निखिल वंशल, राउण्ड टेवल नेपाल एरिया २ का कोअर्डिनेटर विवेक राठी, विराटनगर प्राइम राउण्ड टेवल–१० का संस्थापक अध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, शिक्षा समन्वय एकाई मोरङका प्रमुख टंक गौतम, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल र विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा अतिथिको रुपमा भवन उद्घाटन समारोहमा सहभागि थिए ।
नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष देवकिनन्दन अग्रवाल, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकाश बेगवानी, अनिल सारडा, सचिव अमित सारडा, उद्योगी श्याम राठी, विनय चौधरी कार्यक्रममा सहभागि थिए ।
विराटनगर प्राइम राउण्ड टेवल–१० ले अतुल सिंघानिया र अभिषेक केडियालाई भवन निर्माण कार्यका लागि संयोजकको जिम्मेवारी प्रदान गरेका थिए । ४ महिनामा भवन निर्माण कार्य सम्पन्न गरेर समितिका संयोजक सिंघानिया र केडियाले पाएको जिम्मेवारीलाई पुरा गरेका छन् ।