विराटनगरको सेन्ट्रल मलमा खुल्यो टाइटन घडीको सोरुम

  • ब्रह्मदेव यादव, विराटनगर ५९९  पटक हेरिएको

आइतबार, आषाढ ०२, २०८१ समय : १४:५९:०६ , ५ महिना अगाडि

विराटनगरमा टाइटन घडीको सोरुम खुलेको छ । भारतको प्रख्यात घडी उत्पादक टाटा कम्पनीले टाइटन घडीको चौथो शाखा विराटनगरमा खोलेको हो । यस अघि कम्पनीले काठमाडौंमा दुई वटा र धरानमा एउटा सोरुमबाट टाइटन घडी बिक्री गरी रहेका छन् ।

विराटनगरको सेन्ट्रल मलमा सेन्ट्रल बजार सञ्चालन गरी रहेका युवा व्यवसायी राकेश जैनको समूहले टाइटन घडी सोरुम सञ्चालनमा ल्याएको हो । विराटनगरको सोरुमबाट न्यूनतम १ हजार २ सय ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको टाइटन घडी बिक्री भई रहेका छन् । कम्पनीले सोरुम सञ्चालनमा ल्याएको अवसरमा ग्राहकलाई २५ दिनसम्म २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सन् १९८४ मा स्थापना भएको टाटा कम्पनीले १९८७ देखि टाइटन घडि उत्पादन गरी रहेका छन् । घडी कम्पनीले प्रत्येक वर्ष १ करोड ७० लाख भन्दा बढि घडी उत्पादन गरिरहेका छन् । विश्वको ४० भन्दा बढि देशमा टाइटन घडी बिक्री भई रहेका छन् । टाइटन घडी उत्पादन कम्पनीका अन्तर्राष्ट्रिय बजार प्रवर्द्धक बसन्त वासुदेवनले शनिबार विराटनगरमा सोरुमको उद्घाटन गरेका छन् ।

कम्पनीका नेशनल बिजनेश हेड जितेन्द्र सिन्हा, टाइटन घडीका नेपालीका अधिकृत बिक्रेता सुनिलकुमार अग्रवाल र विराटनगर सोरुमका सञ्चालक राकेश जैन उद्घाटन समारोहमा सहभागि थिए ।