- चिरफार डटकम, विराटनगर ५१४ पटक हेरिएको
बुधबार, जेठ ३०, २०८१ समय : १८:४२:५९ , ५ महिना अगाडि
एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले देशका सम्पूर्ण नेपाली राजावादी हुन्, जो राजावादी होइन त्यो नेपाली हुन् सक्दैन भन्ने अभिव्यक्ति व्यक्त गरेका छन् । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले बुधबार विराटनगरमा पूर्वराजा महेन्द्र शाहको १०५ औं जन्मजयन्ती मनाउने क्रममा अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।
कार्यक्रममा सहभागी नेपाल विद्धत परिषदका केन्द्रिय अध्यक्ष तथा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका सल्लाहकार जितबहादुर अर्जेल र नेपाल सदभावना मञ्चका अध्यक्ष तथा एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका सल्लाहकार एवं नेपाली राजनैतिकका टाइगर बद्रिप्रसाद मण्डलको अगाडि अध्यक्ष दाहालले नेपालमा बसोवास गरी रहेका ३ करोड नेपाली राजावादी भएको जिकिर गरेका छन् । जो राजावादी होइन त्यो नेपाली हुन् नसक्ने अध्यक्ष दाहालको भनाई छ ।