भव्य रुपमा मनाइयो १०५ औं महेन्द्र जन्मजयन्ती

  • चिरफार डटकम, विराटनगर ३२४  पटक हेरिएको

बुधबार, जेठ ३०, २०८१ समय : १६:५१:३६ , ६ महिना अगाडि

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले बुधबार विराटनगरमा भव्य समारोहको आयोजना गरेर पूर्वराजा महेन्द्र शाहको १०५ औं जन्मजयन्ती मनाएको छ । विराटनगरको शितल धर्मशालामा संघर्ष समितिले महेन्द्र शाहको जन्मजयन्ती मनाइरहँदा बाक्लो संख्यामा राष्ट्रवादी नेताहरूको सहभागिता रहेको थियो ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका संयोजक बल्लभप्रसाद दाहालले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने काम विकासवादी राजा महेन्द्र शाहले गरेको कारण पूर्व राजा महेन्द्र शाहको १०५ औं जन्मजयन्ती मनाएको बताए । राजसंस्था बिना देश चल्न नसक्ने भएकोले राजसंस्था फर्काउने अभियानमा लाग्न देशवासीलाई दाहालले आग्रह गरेका छन् ।

नेपाल विद्धत परिषदका केन्द्रिय अध्यक्ष तथा संघर्ष समितिका सल्लाहकार जितबहादुर अर्जेल, नेपाल सदभावना मञ्चका अध्यक्ष तथा संघर्ष समितिका संयोजक नेपाली राजनैतिकका टाइगर बद्रिप्रसाद मण्डलले राजसंस्था देशको लागि अपरिहार्य भइसकेकोले राजसंस्था फर्काउन देशवासीले ढिलाई गर्नु नहुने विचार व्यक्त गरेका छन् ।

संघर्ष समिति मोरङका वरिष्ठ सल्लाहकार दिनेश राउत, वरिष्ठ सचिव पुष्पराज दाहाल, लगायत राष्ट्रवादी नेताहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।