नेपालका वरिष्ठ समाजसेवी गोयल भारतमा प्रमुख अतिथि

  • ब्रह्मदेव यादव, विराटनगर ६९३  पटक हेरिएको

सोमबार, जेठ २८, २०८१ समय : १५:००:२३ , ६ महिना अगाडि

नेपालका वरिष्ठ समाजसेवी दिनबन्धु गोयल भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि बन्ने सौभाग्य प्राप्त गरेका छन् । कोशी प्रदेशको राजधानी विराटनगर निवासी वरिष्ठ समाजसेवी गोयल भारतको पश्चिम बङ्गालको राजधानी कलकतामा आयोजित अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनमा प्रमुख आतिथ्यता ग्रहण गर्ने अवसर प्राप्त गरेका छन् । कलकताको अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनमा वरिष्ठ समाजसेवी गोयललाई सम्मान गरिएको छ ।

८ जुन २०२४ अर्थात २०८१ जेठ २६ गते शनिबार कलकतामा आयोजित अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनमा वरिष्ठ समाजसेवी गोयललाई सम्मान गरिएको हो । नेपालमा बसेर शिक्षा आर्जन गर्ने निम्न स्तरका विद्यार्थीदेखि गरिब विपन्न वर्गका व्यक्तिलाई निरन्तर आर्थिक सहयोग गरेर वरिष्ठ समाजसेवीको उपाधि हासिल गर्न सफल वरिष्ठ समाजसेवी गोयललाई भारतमा सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनका अध्यक्ष भारत कलकताका राजकुमार मित्तलको अध्यक्षतामा अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा नेपाल, भारत सहित विभिन्न देशका ५ सय भन्दा बढि अग्रवाल समूदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । वरिष्ठ समाजसेवी गोयलले नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय अग्रवाल सम्मेलनका अध्यक्ष मित्तललाई हस्तान्तरण गरेका थिए । वरिष्ठ समाजसेवी गोयलले नेपालबाट भारत लगेका ७० भन्दा बढि नेपाली ढाको टोपी सम्मेलनमा वितरण गरेका थिए ।

सम्मेलनमा सहभागि पुरुष र महिलाले नेपाली ढाका टोपी लिन हारालुछ गरेका थिए । नेपाली ढाका टोपी लगाएर सम्मेलनका पुरुष महिलाहरुले खिचाएको फोटोले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरेको छ । जसको श्रेय वरिष्ठ समाजसेवी गोयललाई जान्छ ।