- चिरफार डटकम, विराटनगर ४२७ पटक हेरिएको
बिहिबार, जेठ २४, २०८१ समय : १३:०१:३२ , ६ महिना अगाडि
डा. रविनराज सिंहले विराटनगर स्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदको जिम्मेवारी सम्हालेका छन् । यस अघि कोशी अस्पतालमा डा. सिंहले एक पटक मेडिकल सुपरिटेन्डेन्ट पदको जिम्मेवारी निर्वाह गरी सकेका छन् । कोशी अस्पतालको सर्जरी विभागमा कार्यरत डा. सिंह ११ महिना अगाडि कोशी अस्पतालमा ५ महिना मेडिकल सुपरिटेन्डेन्ट पदको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
दोस्रो पटक डा. सिंहले विहीबारदेखि कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पदको जिम्मेवारी सम्हालेका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णयबाट डा. सिंहलाई कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा नियुक्त गरेका थिए ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर जनता समाजवादी पार्टी गठन भएका छन् । जुन पार्टीको नेतृत्व अशोक राईले गरिरहेका छन् । जनता समाजवादी पार्टीको तर्फबाट संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न पुगेका प्रदिप यादवले डा. सिंहलाई कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्ट बनाएका छन् ।
बिहीबार चिरफार डटकम सँग कुरा गर्दै मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले समग्र कोशी अस्पतालको सुधारको पक्षमा काम गर्ने बताए । यस अघि कोशी अस्पतालमा डा. चन्द्रभाल झा मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए ।