बैंकले ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको तथ्य बाहिरियो

  • ... ९८६  पटक हेरिएको

बिहिबार, माघ १२, २०७९ समय : १६:२३:४७ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

बैंकले ताकेता गर्दा मोहनप्रसाद न्यौपानेले आत्महत्या गरेको तथ्य बाहिरिएको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विहिबार आयोजना गरेको कार्यक्रममा मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बैंकले ताकेता माथि ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको रहस्य सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष रिजालले विराटनगरका एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने दिएको चेतावनी पछि न्यौपानेले बेज्जतिको डरले आत्महत्या गरेको बताए ।

यस्ता बैंकलाई अविलम्ब कारवाही गर्नुपर्ने रिजालले कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल मार्फत सरकार संग माँग गरे । विराटनगर–३, पोखरीया घर भएका ५७ वर्षिय न्यौपानेले बुधबार बिहान आफ्नै घरको बाथरुममा घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । मोरङ प्रहरीले मृक्तक न्यौपानेको घरबाट ३ पानाको सुसाइट नोट पनि फेला पारेको छ ।

न्यौपानेले विभिन्न बैंक तथा वित्तिय संस्था र अन्य कारोबारीहरु संग लिएको ऋण रकम उल्लेख गरिएको छ ।