- ब्रह्मदेव यादव, विराटनगर ५७५ पटक हेरिएको
आइतबार, जेठ २०, २०८१ समय : १६:०१:०० , ६ महिना अगाडि
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडकमा सुकाउने गरेको मकै हटाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गत विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोस्टले भन्सार कार्यालय जाने मुख्य सडक खण्डबाट सडकमा सुकाइएको मकै हटाइएको हो ।
विराटनगर महानगरपालिकाको वडा नं. १७ र १८ का बासिन्दाले उत्पादन गरेको मकै मुख्य सडक खण्डमा सुकाउने गरेका छन् । विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतको टिमले आइतबार मुख्य सडक खण्डबाट सुकाइएको मकै हटाएका थिए ।
प्रहरी पोशाकमै रहेका प्रहरी नायब निरीक्षक बस्नेतले आफै मुख्य सडक खण्डमा सुकाइएको मकै उठाएर मकै धनीलाई जिम्मा लगाएका थिए । जसका लागि आफ्ना सहयोगी ट्राफिक प्रहरीको सहयोग लिएका थिए । मुख्य सडक खण्डमा मकै सुकाइ दिदा सवारी साधन चिप्लिएर दुर्घटना हुँदा सर्वसाधारणको ज्यान जान सक्ने भएकोले सडक खण्डमा सुकाइएको मकै हटाइएको बस्नेतले बताए ।