उपेन्द्र यादव बाराबाट सांसद, मोरङबाट पार्टी प्रतिनिधि

  • ब्रह्मदेव यादव, विराटनगर ६५८  पटक हेरिएको

शुक्रबार, जेठ ११, २०८१ समय : १३:५५:१५ , ६ महिना अगाडि

मधेस प्रदेशको बारा जिल्लाबाट संघीय संसदमा पुगेको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव कोशी प्रदेशको मोरङ जिल्लाबाट पार्टी प्रतिनिधिमा र्निविरोध निर्वाचित भएका छन् । यहि जेठ २८, २९ र ३० गते मधेस प्रदेशको राजधानी जनकपुर धाममा जनता समाजवादी पार्टाी नेपालको राष्ट्रिय महाधिवेशन हुन लागेको छ । मोरङ जिल्लाको निर्वाचन क्षेत्र ५ बाट उपेन्द्र यादव पार्टी प्रतिनिधिमा र्निविरोध निर्वाचित भएको हो ।

बिहीबार विराटनगरमा आयोजित पार्टी प्रतिनिधि छनौट कार्यक्रममा उपेन्द्र यादव पार्टी प्रतिनिधिमा र्निविरोध निर्वाचित भएको हो । २०६२/०६३ को मधेस विद्रोह पछिको पहिलो संविधान सभाको निर्वाचनमा उपेन्द्र यादव मोरङ क्षेत्र नं. ५ र सुनसरी क्षेत्र नं. ५ बाट अत्याधिक मत प्राप्त गरेर विजय भएका थिए ।

मोरङ क्षेत्र नं. ५ मधेसी बाहुल्यता रहेको निर्वाचन क्षेत्र हो । जुन निर्वाचन क्षेत्रमा ९० प्रतिशत भन्दा बढि मधेसी मतदाता रहेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा उपेन्द्र यादव मोरङ क्षेत्र नं. ५ र सुनसरी क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका थिए ।

सुनसरी क्षेत्र नं. ५ बाट निर्वाचित उपेन्द्र यादव मोरङ क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका अमृत अर्याल सँग पराजित भएका थिए । त्यसपछिको संसदिय निर्वाचनमा उपेन्द्र यादव मोरङ र सुनसरीको राजनैतिक छोडेर सप्तरी जिल्लाबाट निर्वाचित भएर संघिय संसदमा पुगेका थिए । चौथो पटकको संसदिय निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सि.के. राउत सँग सप्तरीबाट उपेन्द्र यादव पराजित भएका थिए ।

बाराबाट संघीय संसदमा निर्वाचित पार्टीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । र त्यहा भएको उपनिर्वाचनमा उपेन्द्र यादव विजय प्राप्त गरेर संघिय संसदमा पुगेका छन् । मधेस विद्रोहपछि नेपालको राजनैतिकमा उपेन्द्र यादवको उदय भएको हो । र त्यसपछि भएको सबै निर्वाचनमा निर्वाचित भएर उपेन्द्र यादव संघीय संसदमा पुगेका छन् । र मधेसी हक अधिकारको लागि आवाज बुलन्द गरिरहेका छन् ।