विराटनगरमा खुल्यो इलेक्ट्रोनिक्स सामानको सुविधा सम्पन्न सो रुम

  • ब्रह्मदेव यादव, विराटनगर ८८३  पटक हेरिएको

बुधबार, जेठ ०२, २०८१ समय : १३:२७:१७ , ६ महिना अगाडि

विराटनगरमा करोडौं रुपैयाँको लगानीमा एउटै पसलबाट इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान बिक्री हुने र त्यसको मर्मत सम्भार गरिने गरी सुविधा सम्पन्न सो रुम खुलेको छ । एउटै पसलमा इलेक्ट्रोनिक्सका सबै सामान बिक्री हुने र त्यसको मर्मत सम्भार गरिने यो विराटनगरको पहिलो सो रुम हो । विराटनगरको मेनरोड स्थित सेन्ट्रल मलको ठिक अगाडि न्यू बाबा सर्भिस सेन्टर (एन.बि.एस.सी.) नामको सो रुम सञ्चालनमा ल्याइएको हो ।

विराटनगरको रानी स्थित हाजी आँखा अस्पतालका अध्यक्ष हाजी कादिर अन्सारीले बुधबार सो रुमको उद्घाटन गरेका छन् । सो रुमका प्रवन्ध निर्देशक अर्थर अन्सारीले इलेक्ट्रोनिक्सका सामान बिक्री गरेर मात्रै हुँदैन त्यसको मर्मत सम्भार हुनु जरुरी छ । सामान बिक्री गर्ने र त्यसको मर्मत सम्भार हुने गरी सो रुम सञ्चालनमा ल्याएको छु । इलेक्ट्रोनिक्स सामानको मर्मत सम्भार भएन भने त्यो काम लाग्दैन ।

त्यसको मर्मत सम्भार गर्ने गरी सो रुम सञ्चालनमा ल्याइएको अन्सारीको भनाई छ । सो रुमबाट स्यामसङ, हायर, गे लिफर,  प्यानासोनिक, हाइसेन्स,स्काइवर्थ र बाल्ट्रा लगायत इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डका सामानहरू बिक्री गरिने छ । इलेक्ट्रोनिक्सका सामान सँगै ल्यापटप, कम्प्युटर सो रुमबाट बिक्री हुने प्रबन्ध निर्देशक अन्सारीले बताए । सो रुम सञ्चालनमा ल्याएको अवसर पारेर सञ्चालक अन्सारीले हरेक सामानमा ५ देखि २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन् ।