कोशी प्रदेशका ५ पत्रकारलाई एक–एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार

  • चिरफार डटकम, विराटनगर ५४४  पटक हेरिएको

सोमबार, बैशाख २४, २०८१ समय : १६:३३:२९ , ७ महिना अगाडि

कोशी प्रदेशका ५ जना पत्रकारलाई नगद एक–एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कोशी प्रदेश सरकारले पत्रकारिता दिवसको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पाँच जना पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री समशेर राईले उदयपुरका महेश्वर चाम्लिङ राई, मोरङका अनन्तराज न्यौपाने, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीमलाल नेम्वाङ र सुनसरीका पी.वी. दियालीलाई एक–एक लाख रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कार्यसमिति सदस्य सुनसरी इटहरीका पत्रकार दियाली मृगौला रोगबाट पीडित हुनुहुन्छ । र उपचारको क्रममा काठमाडौंमा रहेकोले उनका प्रतिनिधि पात्रलाई पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।