- ब्रह्मदेव यादव, विराटनगर ३४१ पटक हेरिएको
शुक्रबार, बैशाख २१, २०८१ समय : १३:११:१५ , ७ महिना अगाडि
भारतीय कांग्रेस आइका पूर्वअध्यक्ष राहुल गान्धीले सन् २०२४ लोकसभा सदस्यको लागि शुक्रबार भारतको उत्तरप्रदेश राज्यको रायबरेली निर्वाचत क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन राहुल गान्धीसँगै उनका आमा सोनिया गान्धी र बहिनी प्रियंका गान्धी रायबरेली निर्वाचन क्षेत्र पुगेका थिए । लोकसभा सदस्यका लागि राहुल गान्धीले केरल राज्यको बायनाड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । र त्यहाँ दोस्रो चरणमा निर्वाचन सम्पन्न भई सकेका छन् ।
लोकसभा सदस्यका लागि राहुल गान्धीले दुई ठाउँबाट उम्मेदवारी दिने क्रममा उत्तरप्रदेश राज्यको रायबरेली निर्वाचन क्षेत्र रोजेको हो । रायबरेलीबाट भारतीय जनता पार्टी (बि.जे.पी.) ले दिनेशप्रताप सिंहलाई उम्मेदवार बनाएको छ । उत्तर प्रदेशको रायबरेली गान्धी परिवारको पारिवारीक निर्वाचन क्षेत्र हो । सन् २०१९ को लोकसभा निर्वाचनमा रायबरेलीबाट राहुल गान्धीका आमा सोनिया गान्धी उम्मेदवार भई अत्याधिक मतका साथ विजयी भएका थिए ।
सोनिया गान्धी भारतको राजस्थानबाट राज्यसभा पुगेपछि गान्धी परिवारको पारिवारीक निर्वाचन क्षेत्र रायबरेलीबाट राहुल गान्धीले उम्मेदवारी दिएको हो । सन् २०२४ को लोकसभा निर्वाचनको क्रममा राहुल गान्धीलाई भारतको आगामी प्रधानमन्त्रीको रुपमा हेर्न थालिएको छ । र उनको सन् २०२४ लोकसभा निर्वाचनको दौरान जानतामा क्रेज बढेको छ ।
भारतमा भारतीय कांग्रेस आइले २७ भन्दा बढि मुख्य राजनैनिक दल सँग सहकार्य गरेर इण्डिया गठबन्धन बनाएर निर्वाचनमा हुमिएको छ । जुन गठबन्धनले १० वर्षदेखि भारतको सत्ता सञ्चालन गरी रहेका भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा टक्कर दिईरहेका छन् ।