अरनिको कलेजमा ९२५ विद्यार्थीको बिदाई

  • चिरफार डटकम, विराटनगर ४७०  पटक हेरिएको

शनिबार, चैत्र २४, २०८० समय : १७:०७:२५ , १ वर्ष अगाडि

विराटनगर–१० स्थित अरनिको कलेजले शनिबार कक्षा १२ को अध्ययन पुरा गरेका विज्ञान र व्यवस्थापन संकाय तर्फका ९ सय २५ जना विद्यार्थीलाई बिदाई गरेका छन् ।

कलेजले बिदाई गरेका विद्यार्थीहरूको बैशाख १४ गतेदेखि परीक्षा संचालन हुनेछ । २०५६ सालमा स्थापना भएको अरनिको कलेजले शनिबार शैक्षिक सत्र २०७९/०८० मा अध्ययन पुरा गरेका २३सौं ब्याच समूहका विद्यार्थीलाई बिदाई गरेको हो ।

कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकाश खनाल, निर्देशक डा. भविन्द्र निरौला सहित कलेजका संचालकहरुले कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरेर बिदाई गरेका छन् ।

कक्षा १२ को विज्ञान र व्यवस्थापन संकाय तर्फ कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई कलेजले नगद सहित सम्मान गरेका छन् ।