- ब्रह्मदेव यादव, विराटनगर ६५१ पटक हेरिएको
बुधबार, चैत्र १४, २०८० समय : १८:१२:४१ , ८ महिना अगाडि
निजी क्षेत्र नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेशका संस्थापक अध्यक्ष विराटनगरको प्रतिष्ठित औद्योगिक घराना एबी ग्रुपका अध्यक्ष भीम घिमिरेले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई नेपालकै उत्कृष्ट शिक्षण संस्था बनाउने अभियान सुरु गरेका छन् । प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनका लागि १० हजार भन्दा बढि विद्यार्थी अध्ययन गर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्यापसलाई कसरी नेपालको उत्कृष्ट शिक्षण संस्था बनाउने विषयमा छलफल तथा अन्तरक्रियाको आयोजना गर्न लागेको छ ।
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सभापति भइसकेका १४ जना पूर्व स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूलाई एउटै मञ्चमा राखेर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट अध्ययन गरेर देशको उच्च ओहदामा पुगी सकेका व्यक्तिलाई उद्योगी घिमिरेले एउटै मञ्च मार्फत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई नेपालकै उत्कृष्ट शिक्षण संस्था बनाउने विषयमा प्रतिबद्धता व्यक्त गराउने कार्यक्रम रहेको छ ।
उद्योगी घिमिरेले शुक्रबार विराटनगरको होटल हेरिसनमा आयोजना गर्न लागेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशका सांसद भीम पराजुली, भुराज राई, महेश रेग्मी, ऋषिकेश पोखरेल, सागर थापा, यदुकुमार बिष्ट, गुरुराज घिमिरे, उपेन्द्र गच्छदार सहभागि हुने छन् । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा यतिखेर उच्च शिक्षा अध्ययन अध्यापन भई रहेका छन् ।
निजी कलेजको तुलनामा सरकारी स्वामित्वको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस निकै नै सस्तो छ । तर पनि विद्यार्थी ६ लाख रुपैयाँ खर्च गरेर निजी कलेजमा स्नातक तह अध्ययन गरी रहेका छन् । तर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी स्नातक तह अध्ययन गर्न रुचाउँदैनन् । निजी क्षेत्र जस्तै सरकारी स्वामित्वको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई नेपालकै उत्कृष्ट शिक्षण संस्था बनाउने विषयमा सबै राजनैतिक दलमा आवद्ध स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापतिहरूलाई प्रतिवद्धता व्यक्त गराउन छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको उद्योगी घिमिरेले बताए ।
घिमिरे २०४१ देखि २०४७ सालसम्म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आइकम र बिकम अध्ययन गरेका थिए । घिमिरे पूर्व विद्यार्थी संगठका संस्थापक सभापति हुन् । उनले आफू अध्ययन गरेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई देशकै नमुना शिक्षण संस्था बनाउने जिम्मेवारी सम्हाल्दै अगाडि बढेका छन् ।