२ सय ५६ मोटरसाइकल चालकलाई कारवाही 

  • चिरफार डटकम, विराटनगर ४२७  पटक हेरिएको

सोमबार, चैत्र १२, २०८० समय : २०:४९:४३ , ८ महिना अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले होली पर्वको दिन सोमबार सवारी साधन ऐन विपरित मोटरसाइकल कुदाउने २ सय ५६ जना चालकलाई कारवाही गरेको छ ।

मादक पदार्थ र लागूपदार्थ सेवन गरेर मोटरसाइकल कुदाउने चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।

मादक पदार्थ र लागूपदार्थ सेवन सँगै ३ जना सवार मोटरसाइकल चालकलाई पनि कारवाही गरिएको न्यौपानेले बताए ।