निमुवा ट्राफिक प्रहरी पोष्टः ८ महिनामा ६६ लाख राजश्व संकलन

  • चिरफार डटकम, विराटनगर ५१२  पटक हेरिएको

आइतबार, चैत्र ०४, २०८० समय : १७:१७:२० , १ वर्ष अगाडि

ट्राफिक प्रहरी पोष्ट निमुवाले आर्थिक वर्ष २०८०/०८१ को ८ महिनामा ६६ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ  । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गत रहेको ट्राफिक प्रहरी पोष्ट निमुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक तुलामणी आचार्यले आर्थिक वर्ष २०८०/०८१ को साउन देखि फागुन महिना सम्ममा सवारी साधनलाई कारवाही गरेर ६६ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी गराएका छन् ।

विराटनगर भन्सार कार्यालयबाट चेकजाँच पास भएर छुटेको सामान सम्बन्धित गन्तव्य तर्फ प्रस्थान गर्ने र उद्योगी तथा व्यवसायी प्रतिष्ठानबाट छुटेको सवारी साधनमा ओभरलोड, हदभन्दा बढि सामान लोड गरेको, सवारी साधन कुदाउँदा हेलमेट नलगाएको, नो पार्किङ क्षेत्रमा सवारी साधन पार्किङ गरेको, मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाउने व्यक्तिलाई जरिवाना गरेर ६६ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए ।