हिसान स्पोर्टस् मिटमा एक हजार सात सय विद्यार्थीको सहभागीता

  • ... ३९९  पटक हेरिएको

आइतबार, माघ ०८, २०७९ समय : १८:११:१३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

२०७९ माघ १० देखि १६ गतेसम्म विराटनगरमा हुन गइरहेको ११ औं संस्करणको हिसान स्पोर्टस् मिट प्रतियोगितामा १ हजार ७ सय भन्दा बढि विद्यार्थीले सहभागीता जनाउने छ ।

हिसान स्पोर्टस् मिट मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला भरीका कक्षा ११ र १२ मा अध्ययनरत २२ हजार भन्दा बढि विद्यार्थीहरु मध्ये २८ उच्च माध्यमिक विद्यालयका १ हजार ७ सय भन्दा बढि विद्यार्थी खेलाडीको रुपमा प्रतियोगितामा सहभागीता जनाउने जानकारी गराएको छ ।

हिसान मोरङका अध्यक्ष अमित ढकालले माघ १० देखि १६ गतेसम्म विराटनगरको विभिन्न खेल मैदान र कबडहलमा विभिन्न विधाको खेल महोत्सव संचालन हुने जानकारी गराए । हिसानका १ नं. प्रदेश अध्यक्ष तथा विराटनगर स्थति शिक्षादिप उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल ज्ञानबहादुर खड्काले ७ दिन सम्म चल्ने खेल महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेवलटेनिज, दौड लगायतका खेल विधालाई समावेश गरिएको छ ।

प्रतियोगिता सम्मन्न गर्न २५ लाख भन्दा बढि रुपैयाँ खर्च हुने र ति खर्च हुने रकम विद्यालयले आफै व्यहोर्ने हिसानका केन्द्रिय सदस्य तथा विराटनगर स्थति मेरिल्याण उच्च माध्यमिक विद्यालयका संचालक भेषराज पोखरेलले बताए । खेल महोत्सवलाई ऐतिहासीक रुपमा सम्पन्न गर्न १ विद्यालयले कम्तीमा १ लाख ५० हजार रुपैयाँदेखि बढिमा ३ लाख रुपैयाँसम्म खर्च हुने केन्द्रीय सदस्य पोखलेलले बताए ।

खेलाडीलाई खेल अवधिभर जर्सी, जुत्ता, र खेल सामग्री सम्बन्धीत विद्यालयले उपलब्ध गराउने पोखरेलले बताए । ११ औं संस्करणको फुटबल प्रतियोगितामा २२ टिमको सहभागीता रहने छ । जसमध्ये बेस्ट स्कोर, बेस्ट किपट र बेस्ट प्लेयरका साथै २१ वटा मेनअफदि म्याचको पुरस्कार वितरण गरिने छ ।

क्रिकेटमा बेस्ट बलर, बेस्ट ब्याट्स म्यान र बेस्ट प्रेयरका साथै २१ वटा मेनअफदि म्याचको पुरस्कार वितरण गरिने छ । हिसान मोरङले फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाई ट्रफी र प्रमाणपत्र सहित खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गर्नेछ ।

१५ टिम सहभागी हुने भलिबलमा बेस्ट स्पाइकर, रेजर र डिफेन्सरका साथै १४ वटा म्यान÷वोमन अफ द म्याचको पुरस्कार वितरण गर्ने छ । पत्रकार सम्मेलनमा हिसानका केन्द्रीय सदस्य राजेश कार्की, बलराम पन्त, प्रदेश सचिव दिपेश बास्तोला, बास्केटबलका संयोजक भुपेन्द्र दाहाल (भुपी) र भलिबल खेलका संयोजक भेषराज नेपालको सहभागीता रहेको थियो ।