- चिरफार डटकम, विराटनगर ५०२ पटक हेरिएको
शनिबार, फाल्गुण २६, २०८० समय : १३:००:३८ , ९ महिना अगाडि
देशमा शान्ति, समृद्धि र साम्प्रदायिक सद्भाव कायम राख्न हिन्दु–मुस्लिम मिलेर विराटनगर–११ स्थित बस पार्कको पछाडि नयाँ गुद्री बजारमा ७२ घण्टे अष्टजाम सुरु भएको छ ।
विराटनगर–११ स्थित बस पार्क पछाडि सब्जी, फलफुल तथा गुद्री बजार व्यवस्थापन समितिले महाशिवरात्रिको अवसरमा शुक्रबारदेखि सुरु गरेको ७२ घण्टे अष्टजामको सोमबार समापन हुने छ । गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत र सचिव सहाव अहमद गुड्डुको पहलमा सुरु भएको अष्टजाम सम्पन्न गर्न ७ लाख भन्दा बढि रकम खर्च हुने छ ।
विराटनगर–११ को नयाँ गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्दा बढि पसल सञ्चालनमा रहेका छन् । र त्यही पसलबाट सहयोग रकम संकलन गरेर अष्टजामको आयोजना गरिएको अध्यक्ष पशुपति भगतले बताए । अष्टजाममा ६ वटा भजन टोलीको सहभागिता रहेको छ ।