- ब्रह्मदेव यादव, विराटनगर ५२५ पटक हेरिएको
सोमबार, फाल्गुण २१, २०८० समय : १७:०५:३७ , ९ महिना अगाडि
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले फागुन २६ गते शनिबार विराटनगरको सिटी प्यालेसमा भव्य समारोहको आयोजना गरेर ८८औं महाशिवरात्री महोत्सव मनाउन लागेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका मुख्य सञ्चालिका गीता दिदीले सोमबार पत्रकार सम्मेलन गरेर फागुन २४ गते शनिबार भव्य समारोहका बिच ८८औं महाशिवरात्री महोत्सव मनाउन लागेको जानकारी गराएकी छिन् ।
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती (सुशिल) को प्रमुख आतिथ्यतामा केन्द्रले महाशिवरात्री महोत्सव मनाउन लागेको हो । केन्द्रले महाशिवरात्री महोत्सवको अवसरमा आयोजना गर्न लागेको भव्य समारोहमा केन्द्रलाई सहयोग गर्ने समाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । केन्द्रले महाशिवरात्री महोत्सवलाई भव्य रुपमा सफल बनाउन फागुन २२ गते विराटनगरको संसारीमाइस्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
केन्द्रले फागुन २४ गते बेलुका ४ बजे विराटनगरमा मोटरसाइकल र्याली आयोजना गर्दैछ । फागुन २५ गते बिहान ७ बजेदेखि विराटनगरको मुख्य शिवमन्दिरहरूमा शिव सन्देश प्रवाह गर्न केन्द्रको टोली परिचालन गर्ने तयारी गरेका छन् । केन्द्रले महाशिवरात्री महोत्सवकै अवसरमा फागुन १० देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको १९ वटै वडाको ४० भन्दा बढि स्थानमा शिव सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरी सकेका छन् ।