- चिरफार डटकम, विराटनगर ३०८ पटक हेरिएको
आइतबार, फाल्गुण २०, २०८० समय : १८:२२:२८ , ९ महिना अगाडि
विराटनगरका समाजसेवी हरिभक्त सिटौला र उनका श्रीमती पदमा सिटौलाले विराटनगर–१० स्थित मानव सेवा आश्रमलाई १५ सय केजी चामल सहयोग गरेका छन् । समाजसेवी हरिभक्त सिटौलाले श्रीमती पदमा सिटौलाको ७१औं जन्मदिनको अवसरमा आश्रमलाई चामल सहयोग गरेको हो ।
आइतबार सिटौला दम्पत्तिले मानव सेवा आश्रमका नवराज केसी र पारवती तिवारीलाई चामल हस्तान्तरण गरेका थिए । मानव सेवा आश्रमका अभिभावक विराटनगर–१० का पूर्व वडाध्यक्ष माधवराज वाग्लेको उपस्थितिमा सिटौला दम्पत्तिले आश्रमलाई चामल हस्तान्तरण गरेको थिए ।