दुहबीमा सत्याग्रह आन्दोलन सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ४१७  पटक हेरिएको

शुक्रबार, फाल्गुण १८, २०८० समय : १७:०६:४७ , ९ महिना अगाडि

सुनसरी जिल्लाको दुहबी नगरपालिकामा शुक्रबारदेखि सत्याग्रह आन्दोलन सुरु भएको छ । दुहबी बजार बचाऔं, संघर्ष समितिले सर्वोच्च अदालतद्वारा जारी अन्तरिम आदेश कार्यन्यवयनको माग गर्दै सत्याग्रह आन्दोलन सुरु गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित रानी विराटनगर इटहरी धरान सडक योजनाले दुहबी बजार क्षेत्रको मुख्य सडक मार्ग विस्तारका लागि घर भत्काउन २०८० माघ १२ गते जारी गरेको ३५ दिने सूचनाको विरुद्ध दुहबी वासीले सत्याग्रह आन्दोलन सुरु गरेका हुन् ।

दुहबी नगरपालिकाको नगर क्षेत्रमा २७ फिटको मुख्य सडक मार्ग रहेका छन् । सडक परियोजनाले २७ फिटको मुख्य सडक मार्गलाई दुवै तर्फ ६/६ मिटर बढाएर सडक मार्ग निर्माण गर्न अगाडि बढेपछि सिङ्गै दुहबीको नगर क्षेत्रकावासी विस्थापित हुने भएकोले सडक विस्तार कार्यको विरोध गरेको हो । दुहबी वासीले मुख्य सडक मार्गको पूर्व र पश्चिमको वैकल्पिक सडक मार्गलाई मुख्य सडक मार्गको रुपमा विस्तार गर्ने विकल्प दिइएको छ । तर सडक मार्गले मुख्य सडक मार्गलाई नै विस्तार गर्ने अडान लिए पछि दुहबी वासी अन्तिम विकल्पको रुपमा सत्याग्रह आन्दोलन थालेका छन् ।

दुहबी बचाउँ संयुक्त संघर्ष समितिका संयोजक मुरलीप्रसाद अग्रहरीको नेतृत्वमा शुक्रबारदेखि थालिएको सत्याग्रह आन्दोलनलाई नेकपा एमालेका संघीय सांसद भगवती चौधरी, राजनैतिक किशोर विश्वासले समर्थन गरेका छन् ।