- ब्रह्मदेव यादव, विराटनगर ५२३ पटक हेरिएको
सोमबार, फाल्गुण १४, २०८० समय : १७:१९:१४ , ९ महिना अगाडि
मोरङ प्रहरीका प्रहरी प्रमुख नवराज कार्कीले प्रहरीमा एकरूपता ल्याउन सादा पोशाकमा परिचालन भएका प्रहरीलाई फिर्ता बोलाइएको प्रतिक्रिया व्यक्त गरेका छन् । फागुन ७ गतेदेखि मोरङ प्रहरीको नेतृत्व सम्हालेका एसपी कार्कीले सादा पोशाकमा परिचालन भएका प्रहरीलाई फिर्ता बोलाइएको छ । र पोशाकमा परिचालन हुने सबै प्रहरी सादा पोशाककै प्रहरी भएको अभिव्यक्ति दिएका छन् ।
सोमबार पहिलो पत्रकार सम्मेलन गरेर एसपी कार्कीले प्रहरीमा एकरूपता ल्याउन सादा पोशाकमा परिचालन हुने प्रहरीलाई हटाइएको छ । र अब आफ्नो कार्यकालमा सादा पोशाकमा प्रहरी परिचालन नगर्ने वाचा गरेका छन् । मोरङ प्रहरीका पूर्वप्रहरी प्रमुख एसपी दिपक पोखरेलले ५ जना पोशाकवाला प्रहरीलाई सादा पोशाकमा परिचालन गरेका थिए । एसपी कार्कीले मोरङ प्रहरीको नेतृत्व सम्हालेकै दिन ५ जान सादा पोशाकमा परिचालन भएका प्रहरीलाई फिर्ता बोलाएका छन् । र उनीहरूको दरबन्दी भएको ठाउँमा पठाइसकेका छन् । कोशी प्रदेशको उदयपुर जिल्ला घर भएका एसपी कार्की चौथोपटक मोरङ आइपुगेका छन् ।
यस अघि प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा कार्की २०६८ सालमा प्रहरी तालिम केन्द्र रानी विराटनगर, २०६९ सालमा इप्रका बेलबारी र २०७० सालमा इप्रका उर्लाबारीमा काम गरी सकेका छन् । र २०८० साल फागुन ७ गतेदेखि मोरङ प्रहरी प्रमुख एसपीको रुपमा नेतृत्व सम्हालेका छन् । मोरङमा प्रहरी प्रमुख एसपीको कार्यकाल करिब १ वर्षको हुन्छ । १ वर्षको कार्यकालमा एसपी कार्कीले प्रत्येक दुई दुई महिनामा आफूले गरेको कामको गतिविधि सार्वजनिक गर्ने बाचा गरेका छन् । १ वर्षको कार्यकालमा कम्तीमा आफूले ६ पटकसम्म मोरङका पत्रकार सँग भेटघाट गर्ने एसपी कार्कीले बताए ।
मोरङमा फरार प्रतिवादीको खोजी कार्य पहिलो प्राथमिकतामा राख्ने एसपी कार्कीले बताए । फरार सूचीमा रहेका प्रतिवादीको संख्या अधिक रहेकोले उनीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने जोडतोडका साथ काम गर्ने एसपी कार्कीको भनाई छ । चोरी, तस्करी, लागूऔषध ओसारपसार कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने एसपी कार्कीको तर्क छ । पछिल्लो समय चोरी तस्करीका कारण देशको राजश्व सङ्कलनमा कमी आउँदा राष्ट्र सेवक कर्मचारीले समयमा तलब खान सक्ने अवस्था नरहेकोले शून्य सहनशिलतामा रहेर भष्ट्राचार नियन्त्रणलाई उन्मूलन हुने गरी काम गर्ने एसपी कार्कीले बताए ।