“पहिलो कर अधिकृत व्यवसायी नै हो”

  • ब्रह्मदेव यादव, विराटनगर ४६३  पटक हेरिएको

बिहिबार, फाल्गुण १०, २०८० समय : १८:०६:०७ , ११ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले युवा उद्यमी र युवा व्यवसायीलाई करदाता शिक्षा कार्यक्रम मार्फतविद्यमान कर प्रणालीको बारेमा जानकारी गराएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले पहिलो कर अधिकृत व्यवसायी नै हो । व्यवसायीले दक्ष अडिटर मार्फत गरेको कारोबारको सही विवरण पेश गरेर राज्यलाई तिर्नुपर्ने वास्तविक कर तिर्न सुझाव दिएको छ । तर व्यवसायीले जानीजानी गलत कारोबारको विवरण पेश गरेको खण्डमा राज्यले दण्डित गर्ने डा. क्षेत्रीले जानकारी गराउनु भयो ।

आन्तरिक राजश्व कार्यालय विराटनगर र नेपाली उद्यमी मञ्च विराटनगरले बिहीबार आयोजना गरेको विद्यमान कर प्रणाली र व्यवसायीक क्षेत्रको भूमिका विषयक करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा ५० भन्दा बढि युवा उद्यमी र युवा व्यवसायीको सहभागिता रहेको थियो । प्रमुख कर अधिकृत डा. क्षेत्रीले अब उद्योगी तथा व्यवसायीक फर्मको दर्ता गराउन, फोटो खिचाउन र प्रमाण–पत्र लिन बाहेक आन्तरिक राजश्व कार्यालय आउनु नपर्ने व्यवस्था लागू हुन लागेको छ ।

केही समय भित्र सरकारले यो व्यवस्था लागू भएको घोषणा गर्न नजिक पुगेको छ । अब उद्योगी व्यवसायीले गरेको कारोबारको वास्तविक विवरण पेश र अनलाइनबाटै कारोबारको अडिट गर्ने व्यवस्था लागू हुने भएकोले कार्यालयले माग गरेको आवश्यक कागजात अनलाइनबाटै उपलब्ध गराएर निर्धक्कका साथ कारोबार गर्न युवा उद्योगी र युवा व्यवसायीलाई प्रमुख कर अधिकृत डा. क्षेत्रीले जानकारी गराउनु भएको छ ।

प्रमुख कर अधिकृत डा. क्षेत्रीले मूल्य अभिवृद्धि कर तर्फ व्यवसायीले कर बिजक जारी नगर्ने, इस्टिमेट बिल जारी गर्ने र नक्कली बिलको प्रयोग गर्नेको संख्या बढि रहेकोले त्यस तर्फ सचेत भएर कारोबार गर्ने व्यवसायीलाई सुझाव दिएको छ । आयकर तर्फ कारोबार नगर्ने, फार्म बन्द नगर्ने र विवरण नबुझाउने प्रवित्ति रहेकोले यस तर्फ कार्यालयले करदाता शिक्षा कार्यक्रम मार्फत व्यवसायीलाई सचेत गराउने काम गरी रहेको डा. क्षेत्रीले बताउनु भयो ।