- चिरफार डटकम, विराटनगर १३८३ पटक हेरिएको
बुधबार, फाल्गुण ०९, २०८० समय : १४:३७:१६ , ९ महिना अगाडि
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरको अध्यक्ष पदका लागि शत्रुघनप्रसाद यादवले दाबेदारी प्रस्तुत गरेका छन् । दुई कार्यकाल संघमा महासचिव पदको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका यादवले आगामी अधिवेशनमा अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
संघको आगामी चैत्र १७ गते विराटनगरमा १५औं साधारण सभा र तथा अधिवेशन गर्न मिति तय गरिएको छ । संघमा ३ सय १७ वटा ट्याङ्कर सदस्य रहेका छन् । र सबै ट्याङ्करका सञ्चालक सदस्यको हैसियतमा १५औं साधारण सभा तथा अधिवेशनमा मतदान गर्ने अख्तियारी प्राप्त गरेका छन् । संघमा कोशी प्रदेश सहित मधेश प्रदेशका सिरहा र सप्तरी गरी दुई जिल्लाका ट्याङ्करका सञ्चालकहरू सदस्य रहेका छन् ।
संघका बहालवाला महासचिव यादव ट्याङ्कर व्यवसायीको हकहितका लागि काम गर्ने व्यक्ति भएकोले सबै सदस्यको मतप्राप्त गर्ने अपेक्षा सहित आगामी अधिवेशनमा अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।