माघ २६ गते न्यू सृष्टि दैनिकको १३औं वार्षिकोत्सव

  • चिरफार डटकम, विराटनगर ४२८  पटक हेरिएको

बुधबार, माघ २४, २०८० समय : १६:५६:०३ , १० महिना अगाडि

यही माघ २६ गते शुक्रबार विराटनगरको सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकले भव्य समारोहको आयोजना गरेर १३औं वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ ।

न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक बरिष्ठ पत्रकार शंकर खरेलले गणतन्त्र नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको आतिथ्यतामा १३औं वार्षिकोत्सव समारोहको आयोजना गर्न लागेको जानकारी गराउनु भएको छ ।

विराटनगरको एयरपोर्ट रोड स्थित होटल एसियाटिकमा न्यू सृष्टि दैनिकले आयोजना गर्न लागेको १३औं भव्य वार्षिकोत्सव समारोहमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डिबी क्षेत्रीसहित उद्योगी, जनप्रतिनिधि र कलाकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।