- ... ६५९ पटक हेरिएको
शनिबार, माघ ०७, २०७९ समय : ०८:००:३३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले कोशी एक्सपो २०२३ लाई एतिहासीक रुपमा सम्पन्न गर्न भव्य तयारी सुरु गरेको छ । एक्सपो माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२, स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा आयोजना हुदैछ । परिसंघका अध्यक्ष भीम घिमिरेले एक्सोपालाई एतिहासीक रुपमा सम्पन्न गर्न भव्य तयारीकालागि ३ देखि ५ करोड रुपैयाँ खर्च हुने जानकारी गराए ।
एक्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरेर ४ देशका ३ सय ५० भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको औधोगिक तथा व्यापारीक स्टल रहने छ । विराटनगरको एसियन थाइफुड्स प्रा.लि.को रमपम चाउचाउ एक्सपोको मुख्य प्रायोजक रहेको छ । म्याजिक जुत्ता चप्पल उद्योग र केएल दुगड समूह एक्सपोको सहायक प्रयोजक रहेका छन् । मुख्य प्रायोजकले सिएनआई कोशी एक्सपोमा स्टल राखे बापत ३५ लाख रुपैयाँ व्यहोर्नु पर्नेछ ।
साना स्टलले न्यूनतम २ लाख रुपैयाँसम्म व्यहोर्ने नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरी शर्माले जनाए । विराट नर्सिङ होम पूर्व शंकरपुरको परखाल लगाएको मैदानमा ३ सय ५० भन्दाबढि अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औधोगिक प्रदर्शनी रहने व्यवस्था मिलाइएको छ भने त्यसको पूर्वतर्फको खाली क्रिकेट मैदानमा सांस्कृतिक कार्यक्रमकालागि स्टेज र खानाको स्टल रहने व्यवस्था मिलाइएको परिसंघका उपाध्यक्ष नवलकिशोर काबराले बताए ।
नेपाल सरकार, प्रदेश सरकार, प्रदेश सरकारको कृषि उद्योग तथा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड स्वीच सरकारको इन्स्योर प्ररियोजना, विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, रंगेली नगरपालिका र कटहरी गाउँपालिका एक्सपोको पर्वधक रहेका छन् ।
एक्सपोका सहसंयोजक गिरीजा सारडाले विराटनगरमा परिसंघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औधोगिक प्रदर्शनिलाई भव्यरुपमा सम्पन्न गर्न १० लाख भन्दा बढि रकम खर्चेर सौर्यमण्डल राख्न लागेको हो । अमेरिकन प्रविधिमा आधारीत सौर्यमण्डल मार्फत प्रत्येक दिन आधा घण्टाको बृर्तचित्र देखाइने छ ।
स्कुल तथा कलेजका विद्यार्थीहरु सौर्यमण्डलको प्रोजेक्ट भित्र सूर्य, चन्द्रमा र नक्षेत्र ग्रहको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । प्ररिसंघले कार्यसमिति सदस्य यूवा उद्यमी राजेन्द्र राठीलाई सिएनआई कोशी एक्सपो २०२३ को संयोजकको जिम्मेवारी सुपिंएको छ ।