- ब्रह्मदेव यादव, विराटनगर ७४७ पटक हेरिएको
मंगलबार, माघ १६, २०८० समय : १८:२९:१० , १० महिना अगाडि
विराटनगरका उद्योगी एवं बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ५ मा २३ करोडको लागतमा ५ वटा बेग्लाबेग्लै सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । र त्यही भवन निर्माणका लागि उद्योगी एवं समाजसेवी गोयलले मंगलबार ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
मानव सेवा आश्रममा निर्माणाधीन एक कोठे भवन निर्माणका लागि ५ लाख रुपैयाँ खर्च पर्छ । र एक कोठे भवन निर्माणका लागि उद्योगी एवं समाजसेवी गोयलले ५ लाख रुपैयाँ सहयोग गरेको हो । विराटनगर–१० स्थित मानव सेवा आश्रममा मंगलबार आयोजित एक कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति राजश्व परामर्श समितिका सभापति देवकिनन्दन अग्रवालको उपस्थितिमा उद्योगी एवं समाजसेवी गोयलले मानव सेवा आश्रम विराटनगरका अध्यक्ष समाजसेवी लिला ढुंगेललाई ५ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
साथै उद्योगी एवं समाजसेवी गोयलले आश्रममा आश्रित पुरुष, महिला तथा बालबालिकाका लागि एक महिनासम्म खान पुग्ने ३१ बोरा चामल समेत सहयोग गरेका थिए । उद्योगी एवं समाजसेवी गोयलले मंगलबार आश्रममा आश्रित व्यक्तिलाई मिष्ठान्न भोजन गराएका थिए । केही दिन अगाडि उद्योगी एवं समाजसेवी गोयलले हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेशको भवन निर्माणका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
विश्व हिन्दु स्वयंसेवक संघ नेपाल कोशी प्रदेशको विराटनगरमा भवन निर्माण भइरहेको छ । र त्यही भवन निर्माणका लागि हिन्दु स्वयंसेवक संघ नेपालका केन्द्रिय सह–सचिव महेन्द्र साह र कोशी प्रदेशका प्रचारक मुकेशकुमार साहलाई ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।